काठमाडौं, १३ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यस बिषयमा छलफल गर्न दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । बिहीबार एमसीसी सम्झौताबारे छलफलका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
एमसीसीका विषयमा सत्तारुढ दलभित्रै मतभेद भएपछि प्रतिनिधिसभाको बैठक बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्नुभएको थियो । नेताहरुका अनुसार दुई दल विचको छलफल सकारात्मक भए पनि निष्कर्ष भने निस्केको छैन ।