Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने

संसारपोस्ट संवाददाता · १ फाल्गुन २०७८ · 0
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस दाङको देउखुरीमा मनाउने
90
SHARES
ShareTweet

बुटवल, १ फागुन । प्रदेश राजधानीका सबै गतिबिधि अस्थायी राजधानी बुटवलबाट संचालन भएपनि लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस भने संसदले तोकेको दाङको देउखुरीमा मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा मनाउन लागिएको स्थापना दिवस मनाउने तयारी पुरा भएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभुति प्राप्त गर्ने संस्था र व्यक्तिहरु, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिनुभयो । प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पुर्ण घर्ती सहित क्याबिनेट मन्त्रीहरुको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरुले गरेको प्रगति प्रतिबेदन, प्रदेशको डकुमेन्ट्री सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उहांले बताउनु भयो ।
उहांले प्रदेश स्थापना दिवससँगै जनयुद्ध दिवसका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिन नसकेकोमा दुःख व्यक्त गर्दै बिदा दिएकोमा मधेश प्रदेश सरकारलाई धन्यबाद दिनुभयो । मन्त्री शर्माले संसदले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिबिधि दाङमा हुन अस्वाभाविक नभएको उल्लेख गर्नुभयो ।
प्रदेशको राजधानी देउखुरी तोकिएपनि अहिले सम्म प्रदेश सरकारले देउखुरीमा न त जग्गा प्राप्त गर्न सकेको छ न त राजधानीको गुरु योजना (डीपीआर) नै तयार भएको छ । जबर्जस्ती सारिएका २ वटा मन्त्रालयको सबै काम कारवाही पनि बुटवलबाटै संचालन भइरहेका छन् । सरकारले बिना पूर्वाधार शहरी विकास र स्वास्थ्य मन्त्रालय देउखुरीमा सार्ने निर्णय गरेको थियो ।

≪ Previous Post

तिलोत्तमा मिडिया क्लवद्वारा ‘ज्ञानकाशी स्मृति’ पत्रकारिता पुरस्कार घोषणा

Next Post ≫

एमसीसी बिरुद्ध नेकपा (एकीकृत समाजवादी)को बुटवलमा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क