Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ न्यायलयमा भागवण्डाले न्याय क्षेत्रमा बेथिति : चित्रबहादुर केसी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

न्यायलयमा भागवण्डाले न्याय क्षेत्रमा बेथिति : चित्रबहादुर केसी

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७८ · 0
न्यायलयमा भागवण्डाले न्याय क्षेत्रमा बेथिति : चित्रबहादुर केसी
80
SHARES
ShareTweet

बुटवल, २१ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्यायालयमा राजनीतिक भागबण्डा भएका कारणे देशको न्याय क्षेत्रमा बेथिति भएको बताउनुभएको छ । एमाले, कांगे्रस, माओवादी र मधेसवादीले न्यायालयमा भागवण्डा गरेको अध्यक्ष केसीको आरोप छ ।
राष्ट्रिय जनमोर्चा सैनामैना नगरपालिका रुपन्देहीको मंगलबार सम्पन्न भेलामा बोल्दै अध्यक्ष केसीले न्यायालयमा राजनीतिक भागवण्डा गर्ननहुने बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले न्याय सेवा वा लोकसेवाको प्रकृया पुरा गरेर मात्र न्यायालयमा न्यायधीश नियुक्ति गर्नुपर्ने बताउनुभयो ।
अहिलेका प्रधानन्यायाधीशलाई न्यायधीशमा ल्यांउदा नै गलत भएको उल्लेख गर्दै उहांले राष्ट्रिय जनमोर्चाले संसदमा त्यसको बिरोध गरेको स्मरण गर्नुभयो । उहांले देश राम्रोसंग चल्न नसकेको बताउंदै देशको शासनसत्ता चलाउनेहरुको नियत खराब हुंदा देश र जनताले समस्या भोग्नुपरेको बताउनुभयो ।
छिटोछिटो सरकार गिर्दा देशलाई नोक्सान भएको बताउंदै उहांले झण्डै दुई तिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद विघटनको बाटो समाउंदा देश संकटमा फसेको दावी गर्नुभयो । उहांले कांगे्रस राम्रो र ठिक भएका कारण जनमोर्चाले गठबन्धन नगरेको बताउंदै संसद विघटन गर्ने ओलीको प्रतिगमनका कारण अहिलेको गठबन्धन बनेको बताउनुभयो ।
एमसीसी परियोजना र संघीयता नेपाल र नेपालीको हित बिपरित भएकाले खारेज गर्नुको अर्को कुनै विकल्प नभएको अध्यक्ष केसीको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलम, सचिव टानबहादुर केसी, अखिल नेपाल टे«य युनियन महासंघका अध्यक्ष लोकराज भुसाल, दलबहादुर मल्ल, साहित्यकार शारदा पाण्डे लगायतले बोल्दै राष्ट्रिय, जनतन्त्र र जनजीविकाका मुद्वाहरु कमजोर भएकाले जनतालाई राजनीतिक रुपमा सचेत बनाउनु पर्नेमा जोड दिनुभयो ।
लालबहादुर खत्रीको अध्यक्षता, गणेश गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

काँंग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन निर्वाचित

Next Post ≫

कर्मचारी संगठन सैनामैनामा नयाँ नेतृत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क