Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्याब्सन सिद्धार्थनगरमा हस्तलेखन प्रतियोगिता 
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्याब्सन सिद्धार्थनगरमा हस्तलेखन प्रतियोगिता 

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७८ · 0
प्याब्सन सिद्धार्थनगरमा हस्तलेखन प्रतियोगिता 
40
SHARES
ShareTweet

भैरहवा, १२ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याव्सन सिद्घार्थनगर रुपन्देहीको आयोजनामा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरु सम्मिलित प्रतियोगितामा सिद्घार्थनगरमा सञ्चालित निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । नेपाल नालन्दा मा.वि को प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा सन शाइन माविकी छात्रा जेनिफर गर्ग आचार्य प्रथम, जेसिज हाई स्कूलका छात्र सोहन पछाइ द्वितीय, बृहस्पति हाई स्कूलकी छात्रा एनिशा थापा तृतीय र युनिभर्सल पब्लिक हाई स्कूलकी छात्रा ममता साहनी सान्त्वना भएको कार्यक्रम संयोजक युवराज पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य महेश भुर्तेलले प्याव्सन सिद्घार्थनगरले विद्यार्थीहरुको हस्तलेखन कला राम्रो बनाउन प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय रहेको बताउनुभयो । विजयी विद्यार्थीहरुलाई पुरस्कार एवम् बधाई दिँदै भुर्तेलले विद्यार्थीहरुले हरेक क्रियाकलापमा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो । प्रतियोगितामा भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक कौशल राज गौतमले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रम प्याव्सन सिद्घार्थनगर अध्यक्ष गोकुल पोखरेलको अध्यक्षता, कार्यक्रम संयोजक युवराज पोखे्रलको स्वागत तथा सचिव राजेन्द्र घिमिरेको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन

Next Post ≫

तिलोत्तमाका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क