Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी र प्रदेश १ का उद्योगी व्यबसायी बिच पर्यटन बिकास सम्बन्धी छलफल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी र प्रदेश १ का उद्योगी व्यबसायी बिच पर्यटन बिकास सम्बन्धी छलफल

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0
लुम्बिनी र प्रदेश १ का उद्योगी व्यबसायी बिच पर्यटन बिकास सम्बन्धी छलफल
120
SHARES
ShareTweet

बुटवल, २९ कात्तिक । लुम्बिनी प्रदेश र प्रदेश १ का उद्योगी ब्यवसायीविच दुबै प्रदेशको पर्यटन बिकासका सम्बन्धमा छलफल भएको छ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देही र सुनसरी ईटहरीका उद्योगी व्यवसायी बिच पर्यटन उद्योगलाई केन्द्रमा राखेर उद्योग, व्यापार व्यवसाय प्रवद्र्धनका सन्दर्भमा सोमबार रुपन्देहीको भैरहवामा छलफल भएको हो ।
त्यस अवसरमा दुबै प्रदेशमा पर्यटन उद्योगको राम्रो सम्भावना रहेकाले पर्यटन प्रवद्र्धनको लागि एकले अर्कालाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । हालैमात्र सौर्य एयरलाईन्सले बिराटनगर–भैरहवा, भैरहवा–बिराटनगर दैनिक सिधा उडान थालनी गरेको छ । यसले दुबै प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धन पनि हुने र संगसंगै उद्योग तथा व्यापार व्यबसाय प्रवद्र्धनको लागि पनि नयाँ ढोका खुलेको उनीहरुको बुझाई छ ।
लुम्बिनीको भ्रमणमा आएको ईटहरी उद्योग बाणिज्य संघको टोलीलाई रुपन्देहीमा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यसले लुम्बिनी र प्रदेश १ को समग्र पर्यटन बिकासको लागि नयाँ ढोका खुलेको बताउनु भयो । उहाँले लुम्बिनी प्रदेशमा बुद्धजन्मस्थल लुम्बिनी मात्रै नभएर बिभिन्न जिल्लामा ऐतिहासिक तथा पर्यटकीय स्थलहरु रहेकाले लुम्बिनी भ्रमणको लागि प्रदेश १ का आम समुदायलाई संघका मार्फत सन्देश पठाउनु भयो ।
त्यस्तैगरी ईटहरी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले प्रदेश नं. १ मा उद्योग, व्यापार र पर्यटनको सम्भावनाको विषयमा जानकारी गराउँदै सौर्य एयरलाईन्सले थालेको भैरहवा–बिराटनगरको सिधा उठानले प्रदेश १ र लुम्बिनी प्रत्येक्ष जोडिएको भनाई राख्नुभयो । उहाँले पनि लुम्बिनीका उद्योगी व्यबसायीलाई प्रदेश १ मा भ्रमणको लागि आमन्त्रण गर्नुभयो ।
त्यस अवसरमा सौर्य एयरलाईन्सका भैरहवा शाखा प्रवन्धक जीतेन्द्र यादवले दुई प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सौर्यले बिराटनगर–भैरहवा सिधा उडान सुरु गरेको बताउँदै सहयोगको लागि समेत आग्रह गर्नुभयो । ईटहरी उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सहित उद्योग उपाध्यक्ष टंक गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले स्वागत गर्नुभएको थियो ।
त्यस अवसरमा कोभिडजंग कार्की, कृष्ण दुलाल, पत्रकार दामोदर खनाल लगायतले सौर्यको बिराटनगर–भैरहवा सिधा उडानले लुम्बिनी र प्रदेश १ लाई जोड्ने पुलको काम गरेको भनाई राख्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमामा ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु

Next Post ≫

मुल्य बृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने व्यवसायीको चेतावनी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क