Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ दीप बोर्डिङ स्कूलमा देउसीभैलो तथा पुरस्कार वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दीप बोर्डिङ स्कूलमा देउसीभैलो तथा पुरस्कार वितरण

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७८ · 0
दीप बोर्डिङ स्कूलमा देउसीभैलो तथा पुरस्कार वितरण
70
SHARES
ShareTweet

बुटवल, २९ कात्तिक । बुटवल सुखानगर स्थित दीप बोर्डिङ हाई स्कूलमा हरिबोधनी एकादशीका दिन सांस्कृतिक देउसीभैलो तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । दीप सांस्कृतिक परिवारको सक्रियतामा तिहारको मौलिक संस्कृतिलाई जोगाउँदै विद्यार्थीहरूलाई तिहार र देउसीभैलोको महत्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्रकुमार शाक्यले बताउनुभयो ।
कार्यक्रममा वाद्यवादन, भट्याउने काम र नृत्य प्रदर्शन दीप सांस्कृतिक परिवारका कलाकार विद्यार्थीहरूले गरेका थिए ।
त्यसैगरी कार्यक्रममा साउन ९ गते सम्पन्न अभिभावक कविता वाचन प्रतियोगितामा प्रथम हुने रन्जु गौतम घिमिरेलाई रु ५ हजार, द्वितीय हुने विमला अर्याललाई रु ३ हजार, तृतीय हुने सुन्दर तरामुलाई रु. २ हजारसहित प्रमाणपत्र र अन्य सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नगर, जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा अब्बल नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने नेपाल बाल सङ्गठनले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रतियोगितामा जुनियर तर्फ प्रथम हुन सफल सम्राट श्रेष्ठ र चित्रकला प्रशिक्षक सुमित्रा रानालाई पनि सम्मान गरिएको थियो ।
विद्यालयका उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजू, उपप्राचर्य ज्ञानु थापा तथा कलाधर अर्याल, प्लस टु संयोजक वसन्त कुमार जोशी, विद्यालय ब्यवस्थापन समिति सदस्य विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपाललगायतले नेपालको मौलिक कला संस्कृतिका बारेमा आआफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रमको संयोजन विजय सापकोटा, नृत्य निर्देशन किशोर थापा र कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

≪ Previous Post

१० वटा सहकारी मर्ज भएर बनेको सबैको सहकारीको अध्यक्षमा भूसाल

Next Post ≫

तिलोत्तमामा ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क