Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ गृहमन्त्री खाँण मन्त्री बनेपछि पहिलो पटक आज गृह जिल्ला रुपन्देही आउंदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गृहमन्त्री खाँण मन्त्री बनेपछि पहिलो पटक आज गृह जिल्ला रुपन्देही आउंदै

संसारपोस्ट संवाददाता · १ कार्तिक २०७८ · 0
गृहमन्त्री खाँण मन्त्री बनेपछि पहिलो पटक आज गृह जिल्ला रुपन्देही आउंदै
110
SHARES
ShareTweet

बुटवल, १ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँण आज गृह जिल्ला रुपन्देही आउदै हुनुहुन्छ । गत असार २९ गते नेपाल सरकारको गृहमन्त्री भएपछि खाँण पहिलो पटक गृह जिल्ला आउन लाग्नु भएको हो ।
गृह मन्त्रीको गृह जिल्ला आगमनको स्वागतमा नेपाली काँग्रेस रुपन्देहीले भैरहवा स्थित पार्टी कार्यालयमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको पार्टी सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो । विहान ११ वजे भैरहवा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
पार्टी कार्यकर्तासंगको भेटघाट पछि गृह मन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्लाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कार्यालय प्रमुखहरुसँगको भेटघाट सकिएपछि मन्त्री खाँण रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित आफ्नो निवासमा जानुहुने छ ।
करिब एक घण्टा पारिवारिक घेटभाट पछि उहाँको साढे दुई बजे अविरल बर्षाका कारण गएको पहिरोले क्षती पु¥याएको बुटवल ज्योतिनगर क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । पहिरोले पुराएको क्षतीको निरीक्षण र पहिरो पीडित जनतासंगको भेटघाट पछि उहां तिलोत्तमा नगरपालिका ४ नयाँमिलमा नेपाली काँग्रेसका महासमिति सदस्य स्वर्गीय प्रेम नाराणय खरेलको स्मृतिमा नेपाली काँग्रेसले आयोजना गर्ने शोकसभामा सहभागि हुनु हुनेछ । गृहमन्त्री खाँण आजै अपरान्ह ५ वजे काठमाडौं पर्किनुहुने नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ ।

≪ Previous Post

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

Next Post ≫

नेपालमा न्यून चापीय र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क