बुटवल, १ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँण आज गृह जिल्ला रुपन्देही आउदै हुनुहुन्छ । गत असार २९ गते नेपाल सरकारको गृहमन्त्री भएपछि खाँण पहिलो पटक गृह जिल्ला आउन लाग्नु भएको हो ।
गृह मन्त्रीको गृह जिल्ला आगमनको स्वागतमा नेपाली काँग्रेस रुपन्देहीले भैरहवा स्थित पार्टी कार्यालयमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको पार्टी सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो । विहान ११ वजे भैरहवा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
पार्टी कार्यकर्तासंगको भेटघाट पछि गृह मन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा जिल्लाका कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । कार्यालय प्रमुखहरुसँगको भेटघाट सकिएपछि मन्त्री खाँण रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित आफ्नो निवासमा जानुहुने छ ।
करिब एक घण्टा पारिवारिक घेटभाट पछि उहाँको साढे दुई बजे अविरल बर्षाका कारण गएको पहिरोले क्षती पु¥याएको बुटवल ज्योतिनगर क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । पहिरोले पुराएको क्षतीको निरीक्षण र पहिरो पीडित जनतासंगको भेटघाट पछि उहां तिलोत्तमा नगरपालिका ४ नयाँमिलमा नेपाली काँग्रेसका महासमिति सदस्य स्वर्गीय प्रेम नाराणय खरेलको स्मृतिमा नेपाली काँग्रेसले आयोजना गर्ने शोकसभामा सहभागि हुनु हुनेछ । गृहमन्त्री खाँण आजै अपरान्ह ५ वजे काठमाडौं पर्किनुहुने नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ ।
