नवलपुर, २८ असोज । पूर्वी नवलपरासी (नवलपुर)को बुलिङटार जन्मथलो भई विभिन्न पेशामा कार्यरत ब्यक्तिहरुलाई प्रस्ताविक बुलिङटार जेसिज नवलपुरले सम्मान गरेको छ ।
विहिबार विजया दशमीको अवसरमा प्रस्ताविक बुलिङटार जेसिजले शुभकामना आदान प्रदान कार्यक्रम गरी विभिन्न पेशामा लागेका चार जना ब्यक्तिहरुलाई सम्मान गरेको हो ।
जेसिजले पूर्व जिल्ला शिक्षा अधिकारी तथा गण्डकी प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खडक बहादुर कमाल, सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र पाटा, चितवन मेडिकल कलेजका प्राध्याक पशुपति रानाभाट र नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनाृद परियालाई सम्मान गरेको हो । उच्च अदालत तुल्सिपुर नेपालगञ्ज ईजलाशका न्यायधीश ध्रुवराज नन्द र प्रस्तावित बुलिङटार जेसिजका अध्यक्ष सन्दिप श्रेष्ठले चारै जनालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
बुलिङटारमा जन्मिएका न्यायधीश नन्दले जन्मथलोभन्दा बाहिर रहेका व्यक्तिहरूको अनुभवलाई गाउँको विकासमा लगाउनुपर्ने बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्क बहादुर कमालले गाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बुलिङटार गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष याम बहादुर झेडी, नेपाल पत्रकार महासंघ रूपन्देही सचिव विनोद परियार, प्रहरी निरीक्षक नरेन्द्र पाटा, त्रिभुवन माविका पूर्व प्रधानाध्यापक बाबुराम गौतम लगमयतले बोल्दै बुलिङटारको विकास हुन नसकेको भन्दै अब त्यसलाई चिर्नुपर्ने बताउनु भयो ।
बुलिङटार जेसिजले नेतृत्व विकासमा काम गर्ने गरी कार्यक्रम गर्ने कार्यकारी उपाध्यक्ष भविलाल रानाले जानकारी दिनुभयो ।