Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग वाणिज्य संघको २८ औं सल्लाहकार सभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग वाणिज्य संघको २८ औं सल्लाहकार सभा

संसारपोस्ट संवाददाता · १७ आश्विन २०७८ · 0
बुटवल उद्योग वाणिज्य संघको २८ औं सल्लाहकार सभा
80
SHARES
ShareTweet

व्यवसायिक वातावरण बनाईदिन उद्योगी ब्यवसायीको आग्रह
बुटवल । कोरोना महामारीका कारण राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिएको निजी क्षेत्रका उद्योगी व्यबसायीले औद्योगिक तथा व्यबसायिक वातावरण बनाईदिन सरकारसंग आग्रह गरेका छन् । कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको सुस्तता, व्यबसायमैत्री वातावरणको अभाव लगायतका कारण निजी क्षेत्रका उद्योग व्यबसाय बन्द गर्नुपर्ने स्थितिमा पुगेको भन्दै उनीहरुले सरकारलाई निजी क्षेत्र मैत्री नीति र सोही अनुसारको व्यबसायिक वातावरण बनाईदिन आग्रह गरेका हुन् ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको शनिबार सम्पन्न २८ औं सल्लाहकार सभामा बोल्ने उद्योगी व्यबसायीहरुले मुलुकमा व्यबसायिक वातावरण बिकास हुन नसकिरहेको अवस्थामा कोरोना महामारीले आफूहरुलाई थप जोखिममा पारेको बताएका थिए । राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्नको लागि पनि मुलुकमा व्यबसायिक वातावरण अपरिहार्य रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मुलुकको अर्थतन्त्रको विकासमा निजी क्षत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै आयात प्रतिस्थापनको लागि प्रतिस्पर्धी बस्तुको उत्पादनमा जोड दिनुभयो । उहाँले सरकारले लिएको सिमा खुला गर्ने नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने र बिस्तारै अर्थतन्त्र पूर्ण स्वचालित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी तिवारीले मोतिपूर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहांले कारोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा बुटवल उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको र संघ सरकारको महत्वपूर्ण साझेदारको रुपमा रहेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विषयगत उद्योगी व्यवसायीका समस्या पहिचान गर्न सहज होस भनेर बस्तुगत समिति गठन गरिएको र गठित समितिले दिएका सुझाव सल्लाह अनुसार समस्या समाधानको लागि संघले पहल पैरवी तथा व्यवसायिक विकासका कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनु भयो ।
त्यस्तै उहाँले कोरोना महामारी, पूर्वाधार निर्माणमा भएको सुस्तता, व्यवसायिक वातावरणको अभाव लगायतका कारणले उद्योगी व्यवसायी मारमा परेको बताउनु भयो । सरकारले ४० माईक्रोन भन्दा कमको प्लाष्टिक उत्पादन, आयात निर्यात तथा विक्रिवितरणमा रोक लगाएका कारण सम्वन्धित उद्योगी समस्यामा परेको बताउंदै उहांले समस्या समाधानको लागि सरकारसंग आग्रह गर्नुभयो ।
त्यसअवसरमा संघको सहयोगमा सिद्धार्थ बाल तथा महिला अस्पतालमा आईसियु कोभिड वार्ड निर्माणमा आर्थिक सहयोग गर्नेहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । संघको सहयोगमा आम्दा अस्पतालमा भेन्टिलेटर सहितको आईसियु कोभिड वार्ड स्थापना गिरएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्ष नवराज श्रेष्ठ, छिमेकी उद्योग वाणिज्य संघ परासीका अध्यक्ष केशव भण्डारी, संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, वित्तिय परामर्शदाता प्रदिपकुमार श्रेष्ठ लगायतले उद्योग तथा व्यवसायिक क्षेत्रमा भएका समस्याहरु उठान गर्दै मुलुकको अर्थतन्त्र सुदृढ गर्न संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनु भएको थियो । उद्योगीहरुको माग विना नै उद्योगमा ट्रंक लाईन जडान गर्ने र जडान गरेको ३,४ वर्षपछि मात्रै विल दिने जस्ता कार्यले उद्योगी व्यबसायी मारमा परेको उहाँहरुको भनाई थियो । मुलुकको अर्थतन्त्र सुदृढ गर्नको लागि जग्गा अभाव भएको औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकता दिएर मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम यथाशक्य चाडो गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले खुला सिमानाकामा कडाई गर्नुपर्ने, कोरोना महामारीको जोखिम कायमै रहेकाले उद्योगी व्यवसायी तथा कामदार कर्मचारीलाई कोरोना विरुद्धको खोपको प्रवन्ध मिलाउनुपर्ने, बुटवल ज्योतीनगरको पहिरो सिंगो बुटवलकै जोखिमको रुपमा खडा भएकोले दीर्घकालिन समाधान खोजिनु पर्ने, सडक पूर्वाधार चांडो सम्पन्न गर्नुपर्ने लगायतका कुरामा सरकार प्रतिवद्ध हुनुपर्ने भनाई राख्नुभयो ।
कार्यक्रम संघका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो । कार्यक्रममा संघका सल्लाहकाहरु, पूर्वअध्यक्षहरु, संघमा गठित बस्तुतग समितिका सभापति, उपसभापति, कार्यसमितिका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा बस्तुगत समितिका सभापतिहरुले बस्तुगत समितिका समस्याहरु उजागर गरेका थिए ।

≪ Previous Post

स्काईलार्कमा दुना टपरी बनाउने तालिम

Next Post ≫

लुम्विनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक विवादमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क