Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ विश्व आमाबुवा दिवस
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

विश्व आमाबुवा दिवस

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0
विश्व आमाबुवा दिवस
30
SHARES
ShareTweet

hamropatro.com

यो छोरा बढ्ला कमाई गर्ला दुधभात देला मलाई ।
यो छोरी बढ्ली कमाई गर्ली दुधभात देली मलाई ।।
माथीका हरफ नेपाली जनजीवनका एउटा बहुतै पुरानो भनाई हो, आमाबुवाले आफ्ना छोराछोरीसंग गर्ने अपेक्षा मध्य सबैभन्दा ठुलो अपेक्षा हो बुढेसकालको सहारा अनि साथ । दुधभातले माया दर्शाएको छ अनि सन्तान मोह छ साथमा, यस अर्थमा हामी सबैजना आफ्ना आमाबुवाको जीवन बिमा त हौं, एउटा खाली चेक आमाबुवाका लागि हैन र ?
माकुराको उदहारण दिन चाहे आज दिनविशेष सामाग्री उक्काउन अघि, एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरुले आमालाई खाईदिने गर्दछन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्राटुक्रा पारेर खाईदिने त्यो पाशविक नियती आजभोली हामी मान्छेमा उदहारणत पनि कतै बढ्दै गइरहेको त हैन ? बृद्धआश्रममा बढ्दै गएका लामहरु, बाटोघाटोमा बेसहारा रहेका पुराना पुस्ताहरु अनि घरघरमा अपहेलना गरेर राखिएका आमाबुवाहरुका आँशुले कतै माकुराको प्रवृतिको सार्थकता मानवमा पनि देखाइरहेको त हैन ?
समस्त आमाबुवाहरुलाई हामी नमन गर्न चाहन्छौं आज विश्व बुवाआमा दिवसको अवसरमा । विश्वमा एउटा अजिवको सत्यता छ र त्यो हो हाम्रो प्रजजन क्षमता, महिला या पुरुषको शारीरीक वनावट अनि आफुजस्तै अर्को जीवको संभावना जसलाई हामी सरलीकृत रुपमा बुवा या आमा बन्ने क्षमता या संभाव्यता भनेर पनि बुझ्न सक्यौं । बुवाआमा बन्नु एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो भने छोराछोरी बन्नु पनि स्वभावत एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो ।
काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृती वर्णन गरिएको छ । सधैं खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेकोर नाटक गरेको भनी सम्वोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाती केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कदा काठको टुक्रासंग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।
नातीले वडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका आमाबावु आफ्नो गल्तीको पश्चाताप गर्दै भोलीपल्टैबाट बुवालाई संगै टेबलमा राखेर अनि फुटेपनि काँचकै कचौरामा आफुसरह खाना दिन थाल्दछन् । आँउदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भएपनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सदभाव देखाउन जरुरी छ ।
आमाको मुख हेर्ने दिनमा तरहतरहका भाव संगै सामाजिक सञ्जालमा फोटाहरु छरपष्ट पार्ने सन्तान अन्य दिनमा आमासंग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याँउदैनन् या जाँदैनन् । नानातरहका व्रत बस्ने ब्रतालुहरु घरकै रहेका बुवाआमा या सासुससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँझो मान्दछन् । कति बुहारीहरुले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सासुससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवाआमाको महत्व सबैले बुझ्न जरुरी छ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलीका आमाबुवा पनि त हुन् ।
मातृ देवो भवः
पितृ देवो भवः

≪ Previous Post

आजको राशिफल (२०७६ साउन ११ गते शनिबार)

Next Post ≫

जग्गाको गलत कारोबार रोकिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क