Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीको अवसर सिर्जना गर्न छलफल
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीको अवसर सिर्जना गर्न छलफल

संसारपोस्ट संवाददाता · ३ आश्विन २०७८ · 0
अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीको अवसर सिर्जना गर्न छलफल
80
SHARES
ShareTweet

तिलोत्तमा, ३ असोज । रुपन्देहीको तिलोत्तमामा आयोजित एक कार्यक्रममा सहभागि सरोकारवालाहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीको अवसर सिर्जना गर्न र त्यसका लागि प्रोत्साहन गर्नुपर्ने सुझाव दिएका छन् ।
आईतबार रोजगारदाता तिलोत्तमा उद्योग वाणिज्य संघका प्रतिनिधी र फाउण्ड परियोजना बीच भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सपाङ्गता भएका व्यक्तिहरुले भन्दा अपाङ्गता भएका क्षेत्रका व्यक्तिहरुले व्यवसायिक दक्षता बढी देखाउन सक्ने भएकाले उनीहरुलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका हुन् ।
द लेप्रोसी मिशन नेपाल, राष्टिय अपाङ्ग महासंघ र नेपाल उद्योग बाणिज्य महासंगको संयुक्त साझेदारीमा संचालनमा रहेको रोजगार बिहिन अपाङ्गता भएका ब्यक्तिहरुका लागि उर्जाशिल अवसर फाउण्ड परीयोजनाले तिलोत्तमा उद्योग वाणिज्य संघका प्रतिनिधी तथा संघमा आवद्ध उद्योगी ब्यवसायीहरु संग परियोजना विषयमा जानकारी सहितको अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी(माधव)ले ब्यवसायिक क्षेत्रको अवस्था र आवश्यक्ता पहिचान गरी सोही अनुसारको तालिमको ब्यवस्था गर्न सकेमा रोजगार क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित गर्न सकिने बताउनु भयो । तिलोत्तमा उद्योग वाणिज्य संघले रोजगार क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता बढाउन आवश्यक सहयोग गर्ने बताउंदै अध्यक्ष भण्डारीले केकस्ता क्षमता भएका ब्यक्तिहरुछन् भन्ने बारेमा रोजगार दातालाई जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि उद्योगी ब्यवसायीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीको अवसर सिर्जना गर्न तिलोत्तमा उद्योग वाणिज्य संघ मार्फत फाउण्ड परियोजना संग सहकार्य गर्न तयार रहेको बताए । उनीहरुले अपाङ्गता भएका र सिप सिक्न चाहना राख्नेहरुलाई निशुल्क तालिमको ब्यवस्था गर्न समेत तयार रहेको बताए ।
कार्यक्रममा फाउण्ड परियोजनाका रामदयाल यादव र रमेश पोखरेलले परियोजनाका बारेमा जानकारी गराउंदै रोजगार बिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाई औपचारिक रोजगार तथा स्वरोजगारमा सहायता गर्ने लक्ष्य लिएको परियोजनाको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा राखेको बताउनु भयो । परियोजनाले १८ देखि ४५ बर्ष उमेर समूहका रोजगार बिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाई साना उद्योग खोल्न, किराना पसल संचालन गर्न सिप सिकाउने र आर्थिक सहयोग गर्ने तथा रोजगारका लागि रोजगारदाताहरुसंग समन्वय गर्दै आएको उहांहरुले बताउनु भयो ।

≪ Previous Post

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईदै

Next Post ≫

लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदकले विभुषित गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क