Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस तिलोत्तमा नगर सभापतिमा पाण्डे, तिवारी र न्यौपाने भिड्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस तिलोत्तमा नगर सभापतिमा पाण्डे, तिवारी र न्यौपाने भिड्दै

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७८ · 0
काँग्रेस तिलोत्तमा नगर सभापतिमा पाण्डे, तिवारी र न्यौपाने भिड्दै
90
SHARES
ShareTweet

नारायण न्यौपानेद्वारा टिम सहितको उम्मेदवारी घोषणा
तिलोत्तमा, २६ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नगर अधिवेशनका लागि रुपन्देहीको तिलोत्तमामा नगर सभापतिमा तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
सभापति पदका लागि वहालवाला सभापति हरिलाल पाण्डे, काँग्रेस जिल्ला सदस्य हरिप्रसाद तिवारी र तिलोत्तमा ३ का वडा अध्यक्ष नारायण न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नगर सभापतिका दाबेदार तिनै जना उम्मेदवारहरुले आआफ्नो सम्पर्क कार्यालय खोलेर प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन् । भदौ १८ गते भएको नगरका १७ वटा वडा अधिबेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने भएकाले उम्मेदवारहरुले निर्वाचित प्रतिनिधिहरुलाई भेट्ने र मत आफ्नो पक्षमा माग्ने काम जारी राखेका छन् । तर, यसअघि भदौ २७ गतेका लागि तय भएको गाउँ÷नगर अधिबेशनको निर्वाचन कार्यतालिका परिवर्तन भई असोज ९ गतेका लागि सरेको छ । जसका कारण प्रत्येक मतदातालाई भेट्ने र आफ्नो पक्षमा मत माग्ने समय उम्मेदवारहरुले पाएका छन् ।
यस विचमा तिनै जना उम्मेदवारहरुले आआफ्नो ढंगले प्रचार प्रसार गर्ने र आफ्नो टिमको उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी राखेका छन् ।
सभापति पदका उम्मेदवार नारायण न्यौपानेले मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरी सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी न्यौपानेको नेतृत्वमा उपसभापतिमा अशोक कुमार क्षेत्री (अग्नी) र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कंवर थारु र केशरी उपाध्यायले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । पत्रकार सम्मेलनमा तिलोत्तमा ९ का वडा अध्यक्ष समेत रहनुभएका सभापतिका उम्मेदवार न्यौपानेले साविकका सात वटै गाविसबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी समावेशी हिसाबले प्यानल बनाएको बताउनु भयो । सिंगो तिलोत्तमालाई काँग्रेसमय बनाउने, गुटबन्दीको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाई आउंदो स्थानीय चुनावमा पार्टीलाई विजयी बनाउन गतिशील युवाको नेतृत्वको खांचो रहेकाले आफूले नगर सभापतिमा उम्मेदवारी दिएको उहांले बताउनु भयो । उहांले आफू कुनै गुटको नभई नेपाली काँग्रेसको साझा उम्मेदवार रहेको र आफू एकपटक मात्र सभापति निर्वाचित हुने र नगरपालिकामा काँग्रेसको उपस्थिति बलियो बनाएर अर्को अधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो नेतृत्वमा तिलोत्तमा वडा नंंं ९ नगरकै उत्कृष्ट वडा घोषित भएको, आफ्नो विशेष पहलमा बीपी ग्राममा अस्पताल निर्माण शुरु गरेको र कोभिड अस्पताल पनि आफ्नै वडामा बनाएर नमुना काम गरेको उहांले बताउनु भयो । उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापतिहरु बाबुराम राना, रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठक, महाधिवेशन प्रतिनिधि रोमणिप्रसाद पाठक, पूर्व जिल्ला सचिव हेमराज अर्याललगायतको उपस्थिति थियो ।

यस्तै पुन सभापतिको उम्मेदवार बन्न लाग्नुभएका हरिलाल पाण्डेले आफ्नै नेतृत्वमा तिलोत्तमा नगरमा नेपाली काँग्रेसलाई सुदृढ र एक ढिक्का वनाउने लक्षका साथ आफु सभापति बन्न लागेको बताउनु भयो । सबै निर्वाचित क्षत्रीय प्रतिनिधिहरुले आफुलाई मतदान गरी विजयी बनाउने कुरामा आफु विश्वस्त रहेको पाण्डेले बताउनु भयो । उहांले छिटै आफ्नो नेतृत्वमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुनेगरी सवै पदका उम्मेदवारहरुको टिम वनाएर निर्वाचनमा जाने समेत बताउनु भयो ।

यस्तै सभापतिका अर्का उम्मेदवार हरि प्रसाद तिवारीले आफु कुनै गुट उपगुटको नभएर नेपाली काँग्रेसको साझा उम्मेदवार भएको बताउनु भएको छ । तिलोत्तमा ३, श्रीजना चोकमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्नुभएका तिवारीले आफु सभापतिमा निर्वाचित भएमा काँग्रेसका सबै पक्षलाई समेटेर नगरमा नेपाली काँग्रेसको बलियो उपस्थिति बनाउने बताउनु भयो । नगरका अन्य पदमा जुन टिमबाट जो निर्वाचित भएपनि नेपाली काँग्रेसकै साथीहरु निर्वाचित हुने भएकाले निर्वाचित साथीहरुसंगै मिलेर आफुले नगर सभापतिको नेतृत्व गर्ने गरी आफु नगर सभापतिको साझा उम्मेदवारको रुपमा प्रस्तुत भएको र आफु निर्वाचित हुने कुरामा विश्वस्त रहेको उहांले बताउनु भयो ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघमा फूड एण्ड वेभरेज बस्तुगत समिति गठन

Next Post ≫

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क