Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अर्घाखाँची खेलकुद विकास समितिका पदाधिकारीद्वारा पदभार ग्रहण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्घाखाँची खेलकुद विकास समितिका पदाधिकारीद्वारा पदभार ग्रहण

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७८ · 0
अर्घाखाँची खेलकुद विकास समितिका पदाधिकारीद्वारा पदभार ग्रहण
70
SHARES
ShareTweet

अर्घाखाँची, २२ भदौ । जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका नवनियुक्त अध्यक्ष भोजबहादुर गन्दर्भ लगायतका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा नेकपा एमाले सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण भुसालले नवनियुक्त खेलकुद विकास समितिले खेलक्षेत्रको दीगो विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । सन्धिखर्क अस्पताल विकास समितिका अध्यक्ष समेत रहुनभएका भुसालले खेल क्षेत्र राष्ट्र र स्वास्थ्य दुबैको लागि अपरिहार्य पक्ष भएको भन्दै खेलक्षेत्रका पुर्वाधार निर्माणसँगै खेलप्रतिको मोह बढाउनुपर्ने बताउनुभयो । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य गोबिन्द भुसालले अर्घाखाँची जिल्लामा खेलकुदको विकासका लागि सबै पक्ष तथा क्षेत्रसँग समन्वय गर्ने बताउनुभयो । भुसालले प्रदेशका सबै जिल्लाहरुमा हालको समितिले रचनात्मक कार्यगर्ने तयारी भैरहेको पनि जानकारी गराउनुभयो ।
नवनियुक्त जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोजबहादुर गन्दर्भले आफु नेतृत्वको खेलकुद विकास समितिले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष गन्दर्भले विगतको कमी कमजोरीलाई नदोहोराइ समन्वयात्मक तवरले खेल क्षेत्रका गतिबिधीलाई तिब्रता दिने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क २ का वडाध्यक्ष तथा पूर्व खलेकुद विकास समितिका अध्यक्ष मोतिजंग रायमाझी, तेक्वान्दो संघका जिल्ला अध्यक्ष बिष्णु परियार, सामुदायिक वन पैदावार महासंघका अध्यक्ष रामचन्द्र पोख्रेल, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुर अधिकारी लगायतले नवनियुक्त कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुुभएको थियो ।
नवनियुक्र खेलकुद विकास समितिको उपाध्यक्षमा प्रकाश बस्नेत, कोषाध्यक्षमा ज्ञानु घिमीरे तथा सदस्यहरुमा शिब शाहा, गिरी खनाल, राजु पन्थी, ऋषिकेश भट्टराई, सकुन्तला अधिकारी र सविता आचार्य रहेका छन् ।
कार्यक्रम खेलकुद विकास समितिका निवर्तमान कार्यबाहक अध्यक्ष बलबहादुर रानाभाटको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

आज कुसे औँसी, बुवाको मुख हेर्ने दिन

Next Post ≫

युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार साहित्यकार पाण्डेयलाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क