Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एलआइसीले बुटवलमा मनायो २० औं वार्षिकोत्सव
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एलआइसीले बुटवलमा मनायो २० औं वार्षिकोत्सव

संसारपोस्ट संवाददाता · २० भाद्र २०७८ · 0
एलआइसीले बुटवलमा मनायो २० औं वार्षिकोत्सव
60
SHARES
ShareTweet

बुटवल, २० भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा बुटवल शाखाले एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ ।
एलआइसी नेपाल सन २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा बुटवल शाखा प्रमुख ज्योती पौडेलले वर्तमान विषम परिस्थितिमा पनि आम नागरिकको श्विास जितेर कम्पनी अगाडि बढिरहेको भन्दै मानवीय जोखिम न्यूनिकरणका लागि बिमा अपरिहार्य आवश्यकता बनेको बताउनुभयो ।
वार्षिकोत्सवकै अवसरमा एलआइसी बुटवल शाखाले नयाँ अभिकर्ताहरुका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । तालिमको अवसरमा कम्पनीका शाखा प्रमुख ज्योती पौडेलले अभिकर्ताले निर्वाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पार्नुभएको थियो ।
कम्पनीका एजेन्सी म्यानेजर फणिन्द्र पुरीले बिमाको परिचय, बिमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहांले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारीका साथसाथै जीवन बीमामा एलआइसीले खेलेको भूमिकाको बारेमा तालिममा सहभागीहरुलाई स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै एजेन्सी म्यानेजरहरु सुजित शर्मा, नवराज गौतम, यमबहादुर राना, लगायतले जीवन बीमाको वारेमा जानकारी दिनुभएको थियो ।

≪ Previous Post

काँग्रेस तिलोत्तमा ३ को सभापतिमा केसरी निर्विरोध

Next Post ≫

काँग्रेस तिलोत्तमा ८ को सभापतिमा पुनः अर्याल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क