Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगरमा ललितकला विषयका कक्षा सञ्चालनको तयारी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगरमा ललितकला विषयका कक्षा सञ्चालनको तयारी

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७८ · 0
बुटवल उपमहानगरमा ललितकला विषयका कक्षा सञ्चालनको तयारी
70
SHARES
ShareTweet

बुटवल, ८ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ललितकला विषयका कक्षा सञ्चालनको तयारी गरेको छ । उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रममा विद्यालय तहदेखि नै ललितकला विषयका कक्षा सञ्चालनका लागि विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम अगाडी बढाएको छ ।
ललितकला बिषयका कक्षा संचालनका लागि आवश्यक अध्ययन गरी व्यवस्थापनका प्रक्रिया अगाडि बढाउन गत बैशाखमा डा.तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । कार्यदलले विस्तृत अध्ययन गरी उपमहानगरपालिकामा प्रारम्भिक प्रतिवेदन पेस गरेर सुझाव समेत माग गरेको छ ।
कार्यदलले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्विद्यालयका ललितकला विभागका प्रोफेसरहरुसँग अन्तरक्रिया गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको कार्यदलका संयोजक भुसालले जानकारी दिनुभयो ।
प्रारम्भिक प्रतिवेदनका आधारमा शनिबार बुटवलका एक कार्यक्रमको आयोजना गरी सुझाव संकलन गरिएको थियो । आधारभूत तहदेखि नै ललितकलाको व्यवस्थित अध्ययन÷अध्यापन गराउने कार्य अहिलेसम्म नभएको अवस्थामा यसलाई मुलुकमै नौलो र पहिलो कार्यक्रमको रुपमा लिईएको छ ।
केही संस्थागत विद्यालयहरूले चित्रकला, वाद्यवादन, नृत्यजस्ता विषयमा आंशिक तथा पूर्णकालीन कक्षाहरू सञ्चालन गरे पनि ती सबै विषयगत रुपमा नरहेको प्रतिवेदनमा उल्लेख छ ।
बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा बालबालिकालाई ललितकलाबारेको अभिरुचिलाई अवसर प्रदान गर्ने गरी अवधारणा बनाइएको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो । प्रमुख सुवेदीका अनुसार विद्यालय तहदेखि नै ललितकलाका विधागत सीपको विकास गर्दै व्यवसायिक तथा संस्थागत विकासका निम्ति अभिप्रेरणा जगाउने र स्थानीय कलासंस्कृतिको समेत संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य रहेको छ ।
यसका लागि गठित कार्यदललाई बुटवल उपमहानगरभित्रका विद्यालयहरूमा ललितकलासम्बन्धी अध्ययन अध्यापनको स्थिति के कस्तो छ र ललितकलाको व्यवस्थित र दीर्घकालीन विकासका निम्ति विद्यालयमा कक्षा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयलाई राम्रो संग अध्ययन गरेर पूर्ण प्रतिवेदन बनाउन सुझाव दिईएको प्रमुख सुवेदीले बताउनु भयो ।
बुटवल उपमहानगरपालिकामा ललितकला विषयलाई प्राज्ञिक विषयका रूपमा विद्यालयदेखि स्थापित गरी विद्यार्थीहरूलाई यस विषयतर्फ आकर्षित गर्न विषयगत व्यवस्थापनसम्बन्धी अध्ययन गरेर प्रतिवेदनलाई अन्तिम रुप दिन सुझाव दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताउनु भयो ।
बुटवल उपमहानगरपालिका क्षेत्रभित्र ललितकला विषयका कक्षा व्यवस्थापन एवम् सञ्चालन गर्न उपयुक्त देखिएको अध्ययन कार्यदलको प्रारम्भिक प्रतिवेदनको निश्कर्ष रुपमा प्राप्त भएको उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले अभिभावक तथा विद्यार्थीहरूको अभिरुचि, विद्यार्थी तथा दक्ष जनशक्तिको उपलब्धता र विज्ञहरूका अनुभव र सुझावका आधारमा बुटवल क्षेत्र उपयुक्त रहेको विज्ञहरुको निश्कर्ष प्रारम्भिक प्रतिवेदनमा समेटिएको बताउनु भयो ।

≪ Previous Post

आयल निगमले फेरि बढायो इन्धनको मूल्य

Next Post ≫

देशभर सामान्य देखि पूर्ण बदली : मेघ गर्जन\चट्याङ्गसहित भारी वर्षाको सम्भावना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क