बुटवल, २६ साउन । लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमविएस र विविएस हटाउने निर्णय विरुद्ध आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुले क्याम्पसमा तोडफोड गरेका छन् ।
बिभिन्न माग राखेर आन्दोलनरत नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन साखा लगायतमा तालाबन्दी गरेका थिए । विद्यार्थी संगठनहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा आन्दोलनकै क्रममा एमविएस को प्रवेश परीक्षा फारम खुलाएर भर्ना प्रक्रिया अगाडी नबढाउदासम्म अटोनोमस अन्तर्गतको कुनैपनि प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडी बढाउन नदिने भनि संयुक्त विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको उल्लेख गरिएको छ । विद्यार्थी संगठनको आन्दोलन र मागको वेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमविएस–एफ र एमविए–विएफ को प्रवेश परीक्षा फारम खुलाएर आन्दोलनको अवज्ञा गरेको हुंदा विद्यार्थीहरुद्वारा क्याम्पस प्रशासनमा तोडफोड भएको विज्ञप्तीमा उल्लेख छ ।
विद्यार्थीहरुले गरेको तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ । विद्यार्थी संगठनहरुले आन्दोलनका क्रममा भएको तोडफोड र क्षतीको जिम्मेवार क्याम्पस प्रशासन र संचालक समिति हुने उल्लेख गरेका छन् ।
विद्यार्थी संगठनले जारी गरेको विज्ञप्ती :
