बुटवल, १० साउन । पश्चिमाञ्चल यातायात व्यवसायी समितिले मृत्यु भएका संस्थाका कर्मचारीको परिवारलाई राहात स्वरुप २ लाख प्रदान गरेको छ । संस्थाका कर्मचारी तथा पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियन बुटवलका सदस्य प्रदिप थापाको ५८ वर्षको उम्मेरमा निधन भएको नियम अनुसार स्वर्गीय थापाको परिवारलाई समितिले राहत प्रदान गरेको हो ।
आईतवार समितिको कार्यालयमा स्व. थापाको स्मृतिमा श्रद्धान्जली सभा आयोजना गरी शोक सभामा समितिको तर्फवाट १ लाख र युनियनको तर्फवाट १ लाख गरी २ लाख रुपैयाँ स्वर्गीय थापाको परिवारलाई प्रदान गरिएको कार्यालय प्रमुख तथा नेपाल ट्रक यातायात कर्मचारी युनियनका महासचिव वाबुराम अधिकारीले जानकारी दिनुभयो । २०६० सालदेखि समितिमा कार्यरत थापाको निधन भएकोमा समितिले एक दिन शोक विदा समेत गरेको थियो ।
शोक सभामा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, युनियनका पूर्व अध्यक्ष प्रकाश गैरे, खेम गुरुङ, टोपलाल घिमिरे, लेखा प्रमुख ऋषिराम भट्टराईलगायतले स्व. थापाले समितिमा पुराएको योगदानको चर्चा गर्नुभएको थियो ।