Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ परासीमा निःशुल्क वितरण गर्नुपर्ने लाखौँ मूल्यको औषधी म्याद सकिएर नष्ट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

परासीमा निःशुल्क वितरण गर्नुपर्ने लाखौँ मूल्यको औषधी म्याद सकिएर नष्ट

संसारपोस्ट संवाददाता · ३१ असार २०७८ · 0
परासीमा निःशुल्क वितरण गर्नुपर्ने लाखौँ मूल्यको औषधी म्याद सकिएर नष्ट
100
SHARES
ShareTweet

औषधी नष्ट गर्नुुपर्ने कारणको छानविन गर्न उपभोक्ता हित संरक्षण मञ्चको माग
केन्द्रिय सदस्य परासी, ३१ असार । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालले निःशुल्क वितरण गर्न दिएको लाखौँ मूल्यको औषधी म्याद सकिएर फाल्नु परेको छ । ब्लड प्रेसर, कोलेस्ट्रोल कम गर्ने लगायतका औषधीहरु म्याद सकिएर नष्ट गर्नुपर्ने अवस्थामा आइपुगेको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले आवश्यक भन्दा बढी औषधि आएकाले नियम सङ्गत डिस्पोज गर्न लागिएको बताउनु भयो । तर, उहांले परिमाण भने खुलाउनु भएन ।
प्रदेश आपूर्ती केन्द्रबाट स्वास्थ्य कार्यालयमा आएको औषधीलाई ‘पुस सिस्टम’ बाट अस्पताललाई आवश्यक भन्दा बढी अर्थात ४० प्रतिशत बढी प्राप्त भएकाले औषधि नसकिदै म्याद सकिएको र अहिले डिस्पोज गर्न लागिएको उहांको भनाई थियो । अस्पतालमा आएका विरामीलाई औषधी नदिई फिर्ता नपठाइएको भन्दै डा. होदाले सबै विरामीलाई यही औषधि दिन पनि नसकिने बताउनु भयो ।
यसैबीच लाखौं मूल्य बराबरको औषधि म्याद गुजारेर फाल्नुपर्ने अवस्था आएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले छानविनको माग गरेको छ । विहिबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ध्यानाकर्षण गराउँदै उपभोक्ता हित संरक्षण मञ्चले छानविनको माग गरेको हो । नेपाल सरकार र विभिन्न दातृ निकायबाट प्राप्त असहाय गरिब तथा विपन्न वर्गका लागि निःशुल्क दिईने उक्त औषधी नष्ट गर्नुुपर्ने अवस्था आउनुको कारण बारे छानविन गर्न माग गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो ।
बिरामीले पाउनुपर्ने औषधी महङ्गोमा किन्नुपर्ने तर अस्पतालमा लाखौँका महङ्गा औषधी फाल्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै छानविन गर्न माग गरिएको ज्ञवालीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी मिश्रले यसको तत्काल छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेश सरकारको बजेट अस्वीकृत भयो : विपक्षी गठबन्धन

Next Post ≫

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क