Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ २२ लाखको हरियो मटर र ७ लाखका खसी \बोका बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

२२ लाखको हरियो मटर र ७ लाखका खसी \बोका बरामद

संसारपोस्ट संवाददाता · २९ असार २०७८ · 0
२२ लाखको हरियो मटर र ७ लाखका खसी \बोका बरामद
100
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, २९ असार । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध रुपमा भारततर्फ लैजादै गरेको २२ लाख मूल्य बराबरको हरियो केराउ (मटर) र ७ लाख मूल्य बराबरका खसी बोका बरामद गरेको छ ।
६ वटा पिकअप भेनमा राखेर लैजादै गरेको अवस्थामा १ सय ८० क्विण्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो । सोमबार राति पक्राउ परेका पिकअप भेन मध्ये ५ वटा बेलाटारी क्षेत्रबाट र १ वटा परासी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एक पिकअप भेनमा ३० क्विण्टलका दरले मटर लोड गरिएको थियो ।
सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरी उपरीक्षक यादवले जानकारी दिनुभयो । नेपालमा भन्दा भारतमा महंगोमा बिक्री हुने भएकाले नवलपरासीको नाकाहुँदै भारततर्फ मटर तस्करी हुने गरेको छ । प्रहरीले ठूलो मात्रामा मटर बरामद गर्ने गरेपनि तस्करी कार्य भने रोकिएको छैन । अहिले भूजहवा, झोलनीपुर र बसैया नाकाबाट मटर तस्करी हुँदै आएको छ ।
७ लाख मूल्यका खसी÷बोका पक्राउ
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ लाख मूल्य बराबरका खसी÷बोकालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट हिडालेर ल्याउँदै गरेको अवस्थामा ४५ जीउ खसी÷बोकालाई सेमरी क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक यादवले बताउनु भयो । पक्राउ परेका खसी÷बोकालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

देउवा मन्त्रीमण्डलका चार मन्त्रीले लिए शपथ

Next Post ≫

तिलोत्तमामा साउन ४ गतेसम्म राजस्व सम्बन्धि कारोबार बन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क