Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जसपा लुम्बिनी प्रदेश समितिद्वारा सर्वोच्चको फैसलाको स्वागत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जसपा लुम्बिनी प्रदेश समितिद्वारा सर्वोच्चको फैसलाको स्वागत

संसारपोस्ट संवाददाता · २८ असार २०७८ · 0
जसपा लुम्बिनी प्रदेश समितिद्वारा सर्वोच्चको फैसलाको स्वागत
70
SHARES
ShareTweet

बुटवल,२८ असार । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्दै २४ घण्टाभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न गरेको फैसलाको स्वागत गरेको छ । पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव र मुख्य सचिव यज्ञ पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाले मुलुकमा संविधानवादको जित भएको र सर्वोच्च अदालतप्रति जनताको विश्वास बढाएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउन संविधानलाई कुल्चेर स्वेच्छाचारी र निरंकुश ढंगले अघि बढ्दै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभालाई पटक पटक विघटन गरेर मुलुकलाई अन्योलता र अंध्यारो सुरुङभित्र धकेल्ने दुस्प्रयास सर्वोच्चको फैसलाले असफल गराइदिएको र यसले संविधानमा आस्था राख्ने आम नेपाली जनताको जित भएको विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी सबैभन्दा पहिला अग्रमोर्चामा उभिएर आन्दोलनमा होमिएको स्मरण गर्दै अब नयां परिस्थितिमा प्रतिगमनविरोधी सबै लोकतान्त्रिक शक्तिहरु एकतावद्ध भई मुलुकलाई सही निकास दिनुपर्ने विज्ञप्तिमा आग्रह गरिएको छ । प्रतिनिधि सभा पुनस्थापनाको फैसला गर्ने न्यायमूर्तिहरुप्रति जसपा लुम्बिनी प्रदेश समितिले विज्ञप्तिमार्फत उच्च सम्मान प्रकट गरेको छ ।

≪ Previous Post

सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर

Next Post ≫

सर्वोच्चको फैसलालाई जित र हारका रूपमा नलिन काँग्रेस सभापति देउवाको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क