नवलपरासी, २७ असार । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय जानमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारीका कदमका कारणले अहिले नेपालको संघीय गणतन्त्र नै खतरामा परेको बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चा पश्चिम नवलपरासीका जिल्ला सल्लाहाकार तिलक सुवेदीका बुवा शालिकराम सुवेदीको निधन भएको १२ औं दिनको पुन्य तिथिमा आयोजना गरिएको शोक सभामा बाल्दै नेता केसीले पाँच दलले संयुक्त मोर्चा बनाएर सरकार विरुद्ध सडकमा उत्रिन थाले पछि बल्ल प्रधानमन्त्री केपी हच्केको र एमाले एकताको नाटक गरेका दावी गर्नुभयो । नेपाली जनताले दिएको नेपालको ऐतिहासिक दुई तिहाईको सरकारले जनताको काम गर्नु भन्दा आफ्नो पार्टी भित्रको घर झगडा मिलाउन नसकेर संसद विघटन गर्ने काम गरेर केपी ओलीले ऐतिहासिक गल्ति गरेको उहांको ठहर थियो ।
उहांले भन्नुभयो – ‘संसद विघटनको जुन प्रतिगामी कदम प्रधानमन्त्रीले चाल्नु भयो त्यस पछि अहिले देशमा विदेशी चलखेल बढेको छ ।’ राष्ट्रप्रमुखको गलत कदमका कारण देशमा जनताद्वारा संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरु नै गुम्ने खतरा बढेर गएको गएको भन्दै उहांले चिन्ता ब्यक्त गर्नुभयो । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीका कारण देश जटिल अवस्थामा पुगेका कारण देशका प्रति चिन्ता गर्दै पाँच जना पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीशहरुले संयुक्त रुपमा संयुक्तरुपमा विज्ञप्ती निकालेर सरकारले चालेको कदमको विरोध गरेको उहांले टिप्पणी गर्नुभयो ।
परम्परावादी कर्मकाण्डे संस्कार छाड्नु पर्ने भन्दै नेता केसीले शोक सभामा सम्बोधन गर्ने क्रममा पश्चिम नवलपरासीका राष्ट्रिय जानमोर्चाका जिल्ला सल्लाहाकार सुवेदीलाई अहिले बुवाको किरिया नगर्दा २५ वर्ष पहिले आफुलाई बाग्लुङमा आमाको मृत्युमा किरिया नगर्दा जस्तो सामाजिक अफ्ठ्यारो परेको थियो त्यस्तै परेको बताउनु भयो ।
पश्चिम नवलपरासीका राष्ट्रिय जानमोर्चाका जिल्ला सलाहाकार तिलक सुवेदीे आफ्ना बुबा शालिकराम सुवेदीको देहान्त पछि कर्मकाण्डे काममा कुनै बैज्ञानिक आधार नभएको भन्दै किरिया बस्नुभएको छैन । तिलकका बुवाको मृत्यु भएको १२ औ दिनको पुण्य तिथिमा शोक सभाको आयोजना गरिएको थियो ।