Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुल्मीको दरवार गाउँपालिका (जुभुङ)मा चोरको विगविगी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीको दरवार गाउँपालिका (जुभुङ)मा चोरको विगविगी

संसारपोस्ट संवाददाता · २५ असार २०७८ · 0
गुल्मीको दरवार गाउँपालिका (जुभुङ)मा चोरको विगविगी
60
SHARES
ShareTweet

वडा कार्यालय देखि विद्यालय र व्यक्तिको घरमा चोरी
प्रविण गाहा
गुल्मी, २५ असार । गुल्मीको साविक जुभुङ गाविसमा बिहीवार राती वडा कार्यालय, विद्यालय र निजी घरमा चोरी भएको छ । गुल्मी दरवार गाउँपालिका वडा नं. २, जुभुङको वडा कार्यालय, सुर्योदय माध्यमिक विद्यालय हटिया, महाकाली आधारभुत विद्यालय ठुलाचौर र केही निजी घरमा तालाफोडी चोरी भएको हो । सुर्योदय माविबाट करिव १० हजार नगद चोरी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष गौतमले जानकारी दिनुभयो । विद्यालयमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको दृश्यमा एक जना व्यक्तिले हातमा पञ्जा, ताला फोड्ने रड, घन प्रयोग गरी चोरी गरेको विद्यालयका प्रधानाध्यापक गौतमको भनाई छ । रातको एक बजेको आसपासमा चोरी भएको सिसिटिभीमा दृश्य कैद भएको छ ।
त्यस्तै ठुलाचौरमा रहेको महाकालीबाट करिव १५ हजार चोरी भएको विद्यालयका प्रधानाध्यापक कुलानन्द गौतमले जानकारी दिनुभयो । पुरानो र नयाँ भवनमा रहेको कार्यालय फोडी चोरी गरेको पाइएको छ ।
त्यस्तै वडा कार्यालयको तालाफोडी दराज समेत फोडेको पाइएको छ । कार्यालयमा नगद नराखिएको हुदा चोरी हुन नपाएको वडा अध्यक्ष हरिहर गौतमले जानकारी दिनुभयो । कागजपत्र र अन्य सामाग्री चोरी नभएको वडा अध्यक्ष गौतमको भनाई छ । उहांका अनुसार अन्य केही व्यक्तिको घरबाट समेत नगद चोरी भएको छ । कसैको घरमा ताला मात्र फोडेको पाइएको छ ।
हटियामै चुर्न प्रसाद श्रेष्ठको दुई थान मोवाईल, उर्लाकोटमा तिलबहादुर रजालीको किराना र नास्ता पसलबाट करिव नौं हजार चोरी भएको स्थानिय शिक्षक कमल सारुले जानकारी दिनुभयो ।
विद्यालयमा भर्ना अभियान चलेको र असार मसान्तमा वडामा आर्थिक क्रियाकलाप हुने हुदा चोरी गर्नेको निशानामा विद्यालय र वडा कार्यालय परेको हुन सक्ने स्थानियको आशंका छ ।
नगदमात्रै चोरको निशानामा पर्नुले घटना योजनावद्व भएको हुन सक्ने आशंका गरिएको छ । चोर पसेपनि कार्यालयमा रेहका कागजपत्र र ल्यापटप जस्ता महत्वपुर्ण विद्युतिय साधन भने सुरक्षित रहेको छ ।
जुभुङमा हरेक वर्ष चाडपर्वको आसपासमा चोरी हुने गरेको छ । केहीवर्ष अघि हटियामा होटल व्यवसायगरी बस्ने नेवार राईला÷राईली उपनामले परिचित बृद्व दम्पत्तीलाई बन्धक बनाई ठुलो परिमाणमा सुन र नगद चोरी भएको थियो । होटलमा ग्राहक बनेर रातको बास बस्न आएका व्यक्तिबाट चोरी भएको थियो । हाल ती दम्पत्तीको देहवसान भैसकेको छ ।
हरेक वर्ष साना÷ठुला चोरी हुने तर चोरीमा संलग्नलाई पक्राउ गर्न प्रशासन असफलहुंदा यस्ता घटना दोहोरिने गरेको छ । चोरी डकैती नियन्त्रण गर्न हरेक व्यक्ति चनाखो भएर ख्याल गर्नु पर्ने वडा अध्यक्ष गौतमको भनाई छ । समाजमा हुने यस्ता क्रियाकलाप रोक्न सबै आ–आफ्नो ठाउंबाट सजग र सचेत बनी सहयोग गर्नुपर्नेमा अध्यक्ष गौतमले जोड दिनुभयो ।

≪ Previous Post

लागु औषध (गाँजा) सहित दुई जना पक्राउ

Next Post ≫

नियम विपरित चलेका १५ वटा भारतिय १५ गाडी प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क