बुटवल, ७ असार । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका छन् भने तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा एक सय ३१ जनामा आरटीपीसीआर परिक्षण गरिएको थियो ।
स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार जिल्लामा सक्रिय संक्रमित तीन सय ३० जनामा झरेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये बुटवलमा २, तिलोत्तमामा ५, सिद्धार्थ नगरमा ३, देवदहमा २, सैनामैनामा २ र सियारीमा १ जना संक्रमित थपिएका छन् । जिल्लामा योसंगै संक्रमित २७ हजार आठ सय ९५ जना पुगेका छन् । स्वास्थ्य कार्यालयका अनुसार यी मध्ये २ प्रतिशतको मृत्यु भएको, एक प्रतिशत अझै सक्रिय संक्रमितका रुपमा रहेका र हालसम्म ९७ प्रतिशत निको भएका छन् ।