Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवा क्षेत्रका मुख्य सडकको डिभाईडरमा बुद्ध मुर्ति
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवा क्षेत्रका मुख्य सडकको डिभाईडरमा बुद्ध मुर्ति

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७८ · 0
भैरहवा क्षेत्रका मुख्य सडकको डिभाईडरमा बुद्ध मुर्ति
70
SHARES
ShareTweet

भैरहवा, २४ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्ध मूर्ति राख्ने काम भइरहेको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने काम भइरहेको छ ।
पहेंलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा ठडाउन सुरु छ । यसले नगरको सौन्दर्यतालाई थप सुन्दर बनाउँदै लगेको छ । लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट सडकको डिभाइडरमा मूर्ति राख्ने काम भइरहेको हो ।
कार्यालयले बुद्धमूर्ति उपभोक्ता समिति गठन गरेर मूर्ति राखिरहेको छ । उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिनुभयो । सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान अन्तर्गत अहिले मूर्ति राख्ने काम भइरहेको र यसले नगरको सुन्दरता समेत बढाउने उहांले बताउनु भयो ।
अध्यक्ष पोखरेलका अनुसार कोरोना महामारीले मूर्ति राख्न केही ढिलाइ भए पनि यसै आर्थिक बर्ष भित्रै सबै मूर्ति राख्ने गरी दु्रत गतिमा काम भएको छ । यसका लागि डेढ महिना अघि मात्रै उपभोक्ता समिति गठन भएको र यसबीचमा कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले काममा केही ढिलाइ भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम भइरहेको अध्यक्ष पोखरेलले भन्नुभयो ।
अहिले मूर्ति राख्नका लागि पिलर बनाउने काम अन्तिम चरणमा पुगेको छ भने काठमाडौंको पाटनमा मूर्ति तयार भइरहेका छन् । ६ वटा मूर्ति भैरहवा ल्याएर जडानको काम पनि भइरहेको उपभोक्ता समितिका कोषाध्यक्ष कृष्ण भट्टराईले जानकारी गराउनु भयो ।
अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले बुद्धमूर्ति व्यवस्थापन उपभोक्ता समिति गठन गरेर भैरहवाको अञ्चलपुरदेखि बेलहिया बाइपास सडकसम्म बुद्धमूर्ति राखेको थियो । उक्त समतिको पनि अध्यक्ष भएर पोखरेलले काम गर्नुभएको थियो । त्यसबेला नगरले ४६ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने उपभोक्ता समितिले विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर मूर्ति व्यवस्थापनको काम गरेको थियो ।

उक्त रकमबाट अघिल्लो वर्ष १९ वटा बुद्धमूर्ति सडक डिभाइडरमा राखिएको छ । सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकालाई बुद्धमय बनाउने अभियानअनुसार मूर्ति राख्ने काम भइरहेको बताउनु भयो ।
सहज अवस्थामा बेलहिया नाका हुँदै लाखौं विदेशी पर्यटक नेपाल भित्रिन्छन् । नाकाबाट आउने पर्यटकले पहिलो पाइल नगरमै टेक्ने भएकाले यहाँ बुद्ध चिनारीका कुनै वस्तु नहुँदा बुद्धभूमि आएकोसमेत थाहा पाउँदैनथे नगर प्रमुख अधिकारीले भन्नुभयो –‘अहिले बुद्धमूर्ति राखिएपछि पर्यटकले नाकामा आउँदावित्तिकै बुद्धभूमिमा आएको महसुस गर्न थालेका छन् ।’

≪ Previous Post

उद्योग ब्यापार संगठनको माग : निषेधाज्ञा अवधिभरको बैक ब्याजमा ५० प्रतिशत छुट

Next Post ≫

लुम्बिनी प्रदेश सरकारको आ.ब.२०७८\०७९ को नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क