Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको तिलोत्तमा पार्कमा सप्ताहव्यापी बृक्षारोपण शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमा पार्कमा सप्ताहव्यापी बृक्षारोपण शुरु

संसारपोस्ट संवाददाता · २२ जेष्ठ २०७८ · 0
रुपन्देहीको  तिलोत्तमा पार्कमा सप्ताहव्यापी बृक्षारोपण शुरु
70
SHARES
ShareTweet

बुटवल, २२ जेठ । बिश्व वातावरण दिवसको अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा गठित तिलोत्तमा सामुदायिक पार्क समितिले साताव्यापी बृक्षारोपणको कार्यक्रम शुरु गरेको छ ।
तिलोत्तमा पार्कलाई जिल्लाकै नमूना योग्य र फूलको अनुसंन्धान स्थलका रुपमा विकास गर्ने लक्ष्य राखेको संस्थाले २० हजार बढी फूलका विरुवा रोेप्ने अभियान शुरु गरेको संस्थाका अध्यक्ष दीपक पाठकले जानकारी गराउनु भयो । पार्कमा कपुर, धुपी, हेज र सिउडी प्रजातीका विरुवा रोप्न थालिएको र एक साता सम्म बृक्षारोपण गरिने संस्थाका उपाध्यक्ष श्याम न्यौपानेले बताउनु भयो ।
संस्थाले आफ्नै पार्कमा विरुवा तयार गरी बृक्षारोपण शुरु गरेको हो । साताव्यापी बृक्षारोपण कार्यक्रमको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गदै संस्थाले गरेको उदाहरणिय अनुकरणिय काममा नगरपालिकाको सधै साथ र सहयोग रहने बताउनु भयो । कोरोनाले थला परेको समयमा पार्कलाई हरियाली वनाउने र फूलको अनुसन्धान स्थलका रुपमा विकास गर्ने संस्थाको सोचले वातावरणमा अक्सिजनको कमीलाई समेत केही टेवा पुराउने प्रमुख घिमिरेले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष शुकदेव न्यौपाने, ४ का वडा अध्यक्ष दीवाकर ढकाल, संस्थाका कृष्ण केसी लगायतले बोल्दै पार्कलाई सुन्दर र रमणिय बनाउन बृक्षारोपणले महत्वपूर्ण टेवा पुग्ने धारणा राख्नु भएको थियो ।

≪ Previous Post

प्रेस चौतारी र तिलोत्तमा नगरपालिकाद्वारा पत्रकार चौधरीको परिवारलाई एकलाख सहयोग

Next Post ≫

माओवादी केन्द्रद्वारा नदिजन्य पदार्थ भारत निकासी खोल्ने सरकारको निर्णयको विरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क