Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ दल दर्ताबारे कसैसँग छलफल भएको छैन :मन्त्री त्रिपाठी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दल दर्ताबारे कसैसँग छलफल भएको छैन :मन्त्री त्रिपाठी

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०७८ · 0
दल दर्ताबारे कसैसँग छलफल भएको छैन :मन्त्री त्रिपाठी
80
SHARES
ShareTweet

नवलपरासी, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कसैसँग पनि छलफल नभएको बताउनु भएको छ ।
जनता सामाजवादी पार्टीका नेता महन्थ ठाकुर समूहसँग मिलेर नयाँ पार्टी दर्ता गर्न लागेको भन्नेबारेको चर्चा निराधार हल्ला मात्र भएको मन्त्री त्रिपाठीको भनाई छ । शुक्रबार गृह जिल्ला पश्चिम नवलपरासी आउनुभएका मन्त्री त्रिपाठीले पत्रकारहरुसँग कुरा गर्दै भन्नुभयो– ‘महन्थजीसँग मेरो भेटघाट भइरहन्छ । तर नयाँ दल दर्ताबारे कुनै छलफल र कुराकानी भएको छैन । यो कपोकल्पित र निराधार कुरा मात्र हो ।’
स्वतन्त्र राजनीतिक समूहका संयोजक समेत रहनुभएका मन्त्री त्रिपाठीले महन्थ ठाकुर समूहसँग आफ्नो समूह मिलेर नयाँ पार्टी खोल्ने होईन बरु उहाँहरु नै आफूले अंगिकार गरेको राजनीतिक लाइनमा आएको दाबी गर्नुभयो ।
‘मलाई तत्कालिन एमालेसँग गठबन्धन गर्दा विभिन्न आरोप लगाउने उपेन्द्र र महन्थजीहरु पालैपालो आउन थाल्नु भएको छ । पहिला १९ महिना सरकारमा बसेर उपेन्द्रजीलाई बिदाई गरें । अब १÷२ दिनमा महन्थजी पनि सरकारमा आउँदै हुनुहुन्छ । उहाँलाई स्वागत गर्छु । यसले मेरो नैतिक र राजनीति बिजयी भएको छ ।’ मन्त्री त्रिपाठीले भन्नुभयो ।
आफ्नो लाइनले राजनीतिक नेतृत्वको दुरदर्शितालाई पुष्टि गरिसकेकाले अब छिट्टै नयाँ दल दर्ता गर्ने मन्त्री त्रिपाठीको भनाई छ । ‘हाम्रो नयाँ दल दर्ता भइसक्थ्यो संक्रमणले गर्दा ढिलो भएको हो । अवस्था सामान्य भएपछि दल दर्ता गर्छौ ।’ मन्त्री त्रिपाठीले भन्नुभयो ।

≪ Previous Post

अर्घाखाँची सिमेन्टद्वारा भैरहवाका पत्रकारलाई अक्सिमिटर र माक्स सहयोग

Next Post ≫

प्रेस चौतारी र तिलोत्तमा नगरपालिकाद्वारा पत्रकार चौधरीको परिवारलाई एकलाख सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क