Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टी–१० क्रिकेटको उपाधि न्यु होराइजनलाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टी–१० क्रिकेटको उपाधि न्यु होराइजनलाई

संसारपोस्ट संवाददाता · १४ बैशाख २०७८ · 0
टी–१० क्रिकेटको उपाधि न्यु होराइजनलाई
50
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, १४ वैशाख । रुपन्देहीको तिलोत्तमा क्रिकेट क्लबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्यु होराइजन क्रिकेट क्लबले रुपन्देहीको भैरहवामा सम्पन स्टडिल्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । जितसँगै होराइजनले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको तिलोत्तमाले २५ हजार र ट्रफी प्राप्त गरेको छ ।
मंगलबार सिद्धार्थ रंगशालामा भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ९ विकेटको क्षतिमा ३४ रन मात्रै बनायो । उसका लागि माधब बस्नेतले नटआउट ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका शुसान भारीले ३, कुशल मल्लले २ तथा विपिन खत्री, शक्ति गौचन र गोबिन्द केसीले समान १÷१ विकेट लिए ।
प्रतिउत्तरमा न्यु होराइजनले २ ओभर ४ बलमा बिना क्षति ३६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा कुशल मल्लले नटआउट २७ र प्रकाश गिरीले नटआउट ९ रन बनाए । शुसान भारी म्यान अफ दि फाइनल भइ पुरस्कृत भए ।
यसअघि आजै भएको सेमिफाइनलमा न्यू होराइजनले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ५ विकेट र तिलोत्तमाले गोर्खा वारियर्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा तिलोत्तमाका यम क्षेत्री म्यान अफ द सिरीज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका शंकर रानाले बेष्ट ब्याट्सम्यान र तिलोत्तमाका कृष्ण पराजुलीले बेष्ट बलरको उपाधि हात पारे । उनीहरुले समान ५÷५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी तिलोत्तमाकै भुवन गैरेले बेष्ट क्याच, खुकुरीका शंकर रानाले बेष्ट सिक्सेसको पुरस्कार हात पारे । उनीहरुले दुई हजार ५ सय रुपैयाँ प्राप्त गरे । यस्तै, तिरुपति क्रिकेट क्लब अनुशासित टिम हुँदै पुरस्कृत भयो । प्रतियोगितामा सेमिफाइनल खेलेका लुम्बिनी खुकुरी र गोर्खा वारियर्सलाई १०÷१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
विजयी टिमलाई जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्मा, आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)का अध्यक्ष विमल सेन्चुरी लगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता थियो । कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै प्रतियोगितालाई छोट्याएर मंगलबार मात्रै सेमिफाइनल र फाइनल खेल खेलाइएको हो ।

≪ Previous Post

तिलोत्तमामा करिव आठ हजारले भरे सुकुम्बासी आयोगको फारम

Next Post ≫

रुपन्देही जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बुटवल प्रथम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क