Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काउन बुटवलले दियो मृतक मजदुरको परिवारलाई राहत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काउन बुटवलले दियो मृतक मजदुरको परिवारलाई राहत

संसारपोस्ट संवाददाता · ३० चैत्र २०७७ · 0
काउन बुटवलले दियो मृतक मजदुरको परिवारलाई राहत
70
SHARES
ShareTweet

बुटवल, ३० चैत । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) बुटवल नगर समितिले कार्य क्षेत्रमा निधन भएका मजदुरको परिवारलाई राहत प्रदान गरेको छ । काउन बुटवल समितिमा आवद्ध मजदुर पाल्पाकी वेनिमायाँ बरालको २ महिना अगाडि बालुवा चाल्ने क्रममा सर्पले डसेर निधन भएको थियो । मजदुरको निधनमा १ लाख रुपैंया राहत र १७ हजार रुपैयाँ क्रिया खर्च उपलब्ध गराउने संस्थाको नीति अनुसार मृतकका छोरा न्यूरन र छोरी निर्जना बराललाई उक्त रकमको चेक समितिका तर्फबाट प्रदान गरिएको हो ।
नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान तथा काउन बुटवल नगर समितिले प्रकाशन गरेको नयाँ बर्षको क्यालेण्डर विमोचन कार्यक्रममा काउनका राष्ट्रिय अध्यक्ष जेवि गुरुङ्, उपाध्यक्ष ओम प्रकाश चौधरी, रुपन्देही जिल्ला अध्यक्ष बिरबहादुर लामा, बुटवल नगर समितिका अध्यक्ष सूर्यदेव दासले राहत र किरिया खर्च वापतको रकम प्रदान गर्नुभएको हो ।
सो अवसरमा बोल्दै काउन केन्द्रीय अध्यक्ष गुरुङ्ले कोरोना महामारीले असंगठित क्षेत्रका मजदुरलाई बढी पीडित बनाएको बताउँदै त्यस्तो विषम परिस्थितिमा पनि काउनले सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले कोरोना महामारीको समयमा काउनले देशभर समस्यामा परेका मजदुरहरुलाई ५२ लाख रुपैंया भन्दा बढीको राहत वितरण गरेको बताउनु भयो । बुटवल काउनले पनि कोरोना कहरका बेला समस्यामा परेका धेरै मजदुरहरुलाई राहत वितरण गरेर निकै स्रहानीय काम गरेको उहांले उल्लेख गर्नुभयो ।
मजदुरको हक हितमा काम गर्ने संघ संगठनले वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु पर्नेमा जोड दिदै राहत रकम दुरुपयोग हुने काम कोही कसैले गर्नु नहुने उहांले बताउनु भयो ।
सो अवसरमा काउनका राष्ट्रिय उपाध्यक्ष ओम प्रकाश चौधरी, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्णप्रसाद वेलवासे, जिल्ला अध्यक्ष बिरबहादुर लामा, पत्रकार खिमानन्द भट्टराई, काउन बुटवल नगर उपाध्यक्ष भागमनी चौधरी, सचिव तिलबहादुर हिस्की लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

तिलोत्तमामा गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार एक सय पचास

Next Post ≫

सिद्धार्थनगरका धेरै सुन चाँदी पसल नियम विपरित सञ्चालनमा : अनुगमन समिति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क