Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपालका कम्युनिष्टले आदर्श र सिद्दान्त भुले : सांसद खतिवडा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपालका कम्युनिष्टले आदर्श र सिद्दान्त भुले : सांसद खतिवडा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०७७ · 0
नेपालका कम्युनिष्टले आदर्श र सिद्दान्त भुले : सांसद खतिवडा
90
SHARES
ShareTweet

बुटवल, ११ चैत । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य जगन्नाथ खतिवडाले नेपालका कम्युनिष्टहरुले आफैलाई चिन्न नसकेको बताउनुभएको छ ।
कम्युनिष्टहरु आफै भित्र जलेर आगो भएको बताउँदै यसले कम्युनिष्ट आन्दोलनलाई क्षती पु¥याएको उहांले बताउनु भयो । पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल बिषयक अन्तर सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले पुष्पलालले पार्टी स्थापना गर्दाको कम्युनिस्ट र अहिलेका कम्युनिस्ट पार्टीहरुबिच धेरै फरक रहेको समेत उहांले औल्याउनु भयो । जब नेताले जनतालाई गुरु मान्छ तब नेता नेता हुने नत्र नेता दलालमा रुपान्तरण हुने खतिवडाको भनाई थियो । केपी ओलीले सृजना गरेको दक्षिणपन्थी विसर्जनबादलाई रोक्न सकेमा मात्रै पुष्पलालको आदर्श जोगिने समेत उहांले बताउनु भयो ।
पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष समेत रहनुभएका सांसद खतिवडाले राष्ट्रियतामाथि खतरा सृजना भएको बेला अलग अलग डम्फु बजाएर हिड्नुको अर्थ नभएको बताउनु भयो । बुटवल भैरहवामा चिल्लाबाटो बन्दैमा कम्युनिस्ट सरकारको गुणगान गाउनु जरुरी नभएको उहांले बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता बामदेब क्षेत्रीले २००६ सालदेखि २००८ सालसम्मको आन्दोलन अनुकरणिय रहेको तर त्यसयता पार्टी कमजोर हुँदै गएको बताउनु भयो ।
क्षेत्रीले नेपाली दलहरुलाई प्रश्न गर्दै भन्नुभयो–“अदालतमा कसैले राजालाई पुनस्र्थापित गरिदेउ भनेर मुद्दा हाल्यो र अदालतले राजाको शासन पुनस्र्थापित गरिदए हामी मान्ने कि नमान्ने ?
पुष्पलाल र नेपाली कम्युनिस्ट आन्दोलनका अनुसन्धानकर्ता तथा पुस्पलाल कै बिषयमा विद्याबारिधी गर्नुभएका प्रा.डा. माधब पन्थीले पुष्पलाल नै नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास भएको बताउनु भयो । ‘पुष्पलाल कहिल्यै महाधिवेशनबाट निर्वाचित नभएता पनि सधै नेपाली कम्युनिस्ट आन्दोलनको अगुवा बन्नुभयो’ पन्थीले भन्नुभयो । २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्दा पनि पुष्पलालले विचारलाई नै प्राथमिकतामा राखेको उहांले बताउनु भयो ।
पुष्पलालसंगै राजनीति गरेका पुर्व सासद रामचन्द्र भट्टराईले पुष्पलाल मरेर गएता पनि उहांको बिचार जीउदै रहेको बताउनु भयो ।
पुर्व सासद विनोद उपाध्यायले नेपालको ठुला पार्टीका नेता, उच्चतहका कर्मचारी र सेनाका उच्च अधिकृतहरु विदेशी रकमबाट बांचिरहेको आरोप लगाउनुभयो । उपाध्यायले एउटा सांसद बन्न २ करोड खर्चिनुपर्ने प्रणालीले जनताले असल जनप्रतिनिधि चुन्न नपाउदा मुलुकमा राजनैतिक संकट सृजना भएको बताउनुभयो ।
संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले यतिबेला समाज परिवर्तन गर्ने, ईमान्दार र सिद्धान्तनिष्ठ ब्यक्ति आज असक्षम भईरहेको बताउनु भयो ।
एमाले नेता खेम लुईटेलले पार्टी फुट्दा पनि दीप प्रज्वलन गर्नेहरु कम्युनिष्टका लागि घातक भएको बताउनु भयो । उहांले बिचार मिल्नेहरुलाई अदालतले अलग गराउदैमा अलग नहुने बताउनुभयो ।
नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठले सधै सामुहिक निर्णयको कुरा गर्नुभयो तर पुष्पलालले स्थापना गरेको कम्युनिष्टका नेता कार्यकर्ता ब्यक्तिबादमा लाग्दा नेपाली कम्युनिस्ट आन्दोलन कमजोर भईरहेको डा.बालकृष्ण चापागाईले बताउनु भयो । पुष्पलाल मित्रता केन्द्र रुपन्देही अध्यक्ष समेत रहनुभएका चापागाईले सामुहिक स्वार्थमा केन्द्रित नभई ब्यक्तिवाद स्वार्थमा लिप्त हुदा नेकपा एमालेमा समस्या आएको उल्लेख गर्नुभयो ।
नेकपा एमालेका नेता राजु गुरुङले मुलुक अहिले ०१७ सालको राजनीतिक अवस्थामा रहेको उल्लेख गर्नुभयो । रुपन्देहीमा बिचौलियाहरुले आफ्नो पछि लागे जागिर लगाईदिने, व्यापार दिने, सरकारी महशुल छुट दिने भन्दै मान्छेहरु तानिरहेको टिप्पणी गर्नुभयो ।
नेकपा एमालेका नेता सिद्धिचरण भट्टराईले वर्गिय मुद्दा छाडेर अर्काे बाटो तर्फ हिड्दा नेपाली कम्युनिस्ट आन्दोलनमा संकट सृजना भईरहेको बताउनुभयो । कार्यक्रम गुनाराम घिमरेको सञ्चालन तथा रामप्रसाद बन्जाडेको स्वागतमा भएको थियो ।

≪ Previous Post

तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कार

Next Post ≫

काँग्रेस नेता नविन्द्रराज जोशीको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क