बुटवल, २१ फागुन । रुपन्देहीको सुद्धोधन गाउँपालिका ३ मा संचालित यस क्षेत्रकै ठुलो एभरेष्ट डोर इन्डष्ट्रिज प्रा लि र के इन्टरनेशनलमा आगलागि हुदाँ करोडौ मुल्य वरावरको सामान जलेर नष्ट भएको छ ।
आज विहान ५ वजेको समयमा उद्योगमा लागेको आगो ५ वटा दमकलको सहयोगमा ५ घण्टा पछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विगत ३ वर्ष देखि संचालनमा रहेको उक्त उद्योगमा तयारी अवस्थामा रहेका सामान र कच्चा पदार्थलगायत मेशिन औजार पूर्णरुपमा जलेको र प्रारम्भिक तथ्यााक अनुसार ९ करोड बढीको क्षेती भएको उद्योगका संचालक सूर्यप्रसाद खनालले बताउनु भयो ।
६५ जना कामदारलाई रोजगारी दिएको उक्त उद्योगले उत्पादन गरेको सामान काठमाडौ, पोखरा, चितवन, दाङ, परासी, कपिलवस्तु र रुपन्देहीका प्रमुख शहरमा विक्री हुने गरेको संचालक खनालले बताउनु भयो । विद्युत सट भएर उद्योगमा आगलागी भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।