Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल हाईड्रोका अध्यक्षले मुनाफा दिन नसके पदबाट बरखास्त गर्ने सञ्चालकको चेतावनी
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल हाईड्रोका अध्यक्षले मुनाफा दिन नसके पदबाट बरखास्त गर्ने सञ्चालकको चेतावनी

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७७ · 0
नेपाल हाईड्रोका अध्यक्षले मुनाफा दिन नसके पदबाट बरखास्त गर्ने सञ्चालकको चेतावनी
110
SHARES
ShareTweet

बुटवल, २१ फागुन । बुटवलमा केन्द्रिय कार्यालय रहेको नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडको साधारण सभामा वोल्ने सञ्चालक समितिका पदाधिकारीले आगामी वर्ष मुनाफा खुवाउन नसके जिम्मेवारीवाट वाहिरिने बताएका छन् । शुक्रवार बुटवलमा भएको आर्थिक वर्ष ०७५ । ०७६ र ०७६ । ०७७ को १५ औं र १६औ वार्षिक साधारण सभामा सहभागि सञ्चालकहरुले आर्थिक वर्ष ०७४। ०७५ देखि लगातार घाटामा गएको नेपाल हाइड्रो चालु आर्थिक वर्ष ०७६ । ०७७ मा सामान्य मुनाफा कमाउन सफल भएको औल्याएका छन् ।
व्यवस्थापन समितिको कमजोरीले कम्पनी घाटामा गएको भन्दै संचालकहरुले नेपाल हाइड्रोका अध्यक्ष रत्नसंसार श्रेष्ठलाई अगामी आर्थिक वर्षमा मुनाफा बाड्न नसके पदवाट बरखास्त गर्ने बताएका हुन् । कम्पनीले आर्थिक वर्ष ०७४ ।०७५ मा २ करोड ९५ लाख र आर्थिक वर्ष ०७५ ।०७६ मा ३ करोड १६ लाख घाटा ब्यहोर्नु परेको कम्पनीका फाइनान्स म्यानेजर रवि श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तै कम्पनीले आर्थिक वर्ष ०७६।०७७ मा २० लाख नाफा कमाएको पनि उहाँले बताउनु भयो ।
साधारण सभामा बुटवल पावर कम्पनीको तर्फवाट सञ्चालक रहनुभएका विजयबहादुर श्रेष्ठ र दिनेश हुमागाईले अध्यक्ष रत्नसन्सार श्रेष्ठलाई कुशल व्यवस्थापन गर्न नसकेको भन्दै पद छाड्न आग्रह गर्दै आउनु भएको थियो ।
आगामी वर्ष मुनाफा बाड्न नसके अध्यक्ष पनि पदवाट राजीनामा दिन तयार हुनु पर्ने र सञ्चालकहरुले पनि जिम्मेवारी छोड्नु पर्ने साधारण सभामा बोल्ने सञ्चालकहरुले कुरा उठाएका थिए ।
नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकका अध्यक्ष रत्नसन्सार श्रेष्ठले सञ्चालकहरुको सहयोग जरुरी रहेको र आगामी आर्थिक वर्षमा मुनाफा दिलाउन नसके जिम्मेवारी वाट बाहिरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल हाइड्रोमा विवादका कारण विगत २ वर्ष देखि हुन नसकेको साधारण सभा एकैसाथ शुक्रवार भएको र साधारण सभाले आर्थिक वर्ष ०७५ ।०७६ र आर्थिक वर्ष ०७६ ।०७७को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ भने ०७७ । ०७८ को लागि एन अमात्य एण्ड कम्पनीलाई लेखा परिक्षक नियुक्ति गरेको कम्पनी सचिव होम बहादुर राउतले जानकारी दिनुभयो ।
((((((((((((((

एभरेष्ट डोर इण्डष्ट्रिजमा आगलागी ९ करोड बढीको क्षेती
बुटवल, २१ फागुन । रुपन्देहीको सुद्धोधन गाउँपालिका ३ मा संचालित यस क्षेत्रकै ठुलो एभरेष्ट डोर इन्डष्ट्रिज प्रा लि र के इन्टरनेशनलमा आगलागि हुदाँ करोडौ मुल्य वरावरको सामान जलेर नष्ट भएको छ ।
आज विहान ५ वजेको समयमा उद्योगमा लागेको आगो ५ वटा दमकलको सहयोगमा ५ घण्टा पछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । विगत ३ वर्ष देखि संचालनमा रहेको उक्त उद्योगमा तयारी अवस्थामा रहेका सामान र कच्चा पदार्थलगायत मेशिन औजार पूर्णरुपमा जलेको र प्रारम्भिक तथ्यााक अनुसार ९ करोड बढीको क्षेती भएको उद्योगका संचालक सूर्यप्रसाद खनालले बताउनु भयो ।
६५ जना कामदारलाई रोजगारी दिएको उक्त उद्योगले उत्पादन गरेको सामान काठमाडौ, पोखरा, चितवन, दाङ, परासी, कपिलवस्तु र रुपन्देहीका प्रमुख शहरमा विक्री हुने गरेको संचालक खनालले बताउनु भयो । विद्युत सट भएर उद्योगमा आगलागी भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

≪ Previous Post

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

Next Post ≫

एभरेष्ट डोर इण्डष्ट्रिजमा आगलागी ९ करोड बढीको क्षेती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क