Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीको देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय सञ्चालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय सञ्चालन

संसारपोस्ट संवाददाता · २१ फाल्गुन २०७७ · 0
रुपन्देहीको देवदहमा बौद्ध विश्वविद्यालयको डीन कार्यालय सञ्चालन
70
SHARES
ShareTweet

देवदहमा विश्वविद्यालयको नयाँ पूर्वाधार निर्माण गर्ने योजना
देवदह, २१ फागुन । बुद्ध मावली रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयले डीन कार्यालय सञ्चालनमा ल्याएको छ । नया शैक्षिक सत्रदेखि तीन वटा विषयको पठनपाठन देवदहबाट सञ्चालन गर्ने योजनासहित विश्वविद्यालयले डीन कार्यालय खोलेको हो ।
सरकारले विश्वविद्यालयका लागि देवदहमा करिव ९० विगाहा जमिन उपलब्ध गराउने निर्णय गरेको छ । सोही जग्गामा पूर्वाधार निर्माणको काम समेत थालनी प्रक्रियामा पुगेको छ । शुक्रबार स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार विहान एक कार्यक्रमकाबीच डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माण स्थलको अवलोकन गर्नुभएको छ । सो अवसरमा बोल्दै मन्त्री पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताउनुभयो । बौद्ध क्षेत्र र शिक्षामा अनुसन्धानसहित बहुविषयमा यसलाई विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्नेमा उहांले जोड दिनुभयो । विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने विश्वास दिलाउदै उहांले देवदहमा करिव सय विगाहा जमिन प्राप्तिले समग्र क्षेत्रको विकासमा उचाई पुगेको बताउनु भयो ।
सो अवसरमा बोल्दै प्रतिनिधिसभाका सांसद छबिलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ति गरेको भन्दै अव यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बौद्ध विश्वविद्यालयले देवदहको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश सांसद कृष्ण न्यौपाने, देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नेपाली काँग्रेसका नेता बासु रिमाललगायतले बोल्दै बौद्ध विश्वविद्यालयका पूर्वाधार छिट्टै निर्माण गर्नुपर्ने बताउनुभयो ।
विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन वटा विषयको पठनपाठन गरेको उपकुलपति डा. हृदयरत्न बज्राचार्यले जानकारी दिनुभयो । एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका हुन् ।
बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ । पछिल्लो विश्वविद्यालय सभाले डीन कार्यालय सहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पुर्वाधार नयाँगाउँमा बन्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले जानकारी दिनुभयो । लुम्बिनी, तिलौराकोट र देवदहसहितका बौद्ध स्थलमा बुद्ध दर्शनका पठनपाठन गर्ने योजना बनाएको र यसले छिट्टै मूर्त रुप पाउने उहांले बताउनु भयो ।
एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुन् । यो संकायका डीन उकेशराज भुजुले प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्ने उद्धेश्य यी पाठ्यक्रमको रहेको बताउनुभयो । यो प्रयोगात्मक सहितको कक्षा सञ्चालन हुने विषय हुन । देवदहमा तपोवन सहितको पूर्वाधार निर्माण हुने विश्वविद्यालयले जनाएको छ ।

≪ Previous Post

मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा शुरु

Next Post ≫

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क