बुटवल, २१ फागुन । राप्रपा निकट मिडिया नेपालको प्रथम राष्ट्रिय भेला आजदेखि बुटवलमा शुरु भएको छ । आज र भोली (फागुन २१ र २२ गते) हुने भेलाको उद्घाटन राप्रपाका अध्यक्ष कमल थापाले गर्नुहुने छ ।
आगामी चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरि भेलाले रणनीतिक योजना बनाउने मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । २०७२ सालमा स्थापनाभएको संस्थाको नेपालका ४५ वटा जिल्लामा शाखा छ । देशभरबाट २ सय ५० जना पत्रकारहरुको भेलामा सहभागिता रहने विहीवार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएका छन् ।
