Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७७ · 0
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई
70
SHARES
ShareTweet

बुटवल, १८ फागुन । रुपन्देहीमा सम्पन्न चौथो खुला लनटेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले हात पारेका छन् । मंगलबार भएको फाईनलमा सन्तोष खत्रीलाई ६–३ र ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । यस्तै महिला सिंगलको उपाधि प्रेरणा कोईरालाले जितिन् । उनले फाईनलमा अभिलाषा विष्टलाई ६–३ र ६–१ को सेटमा जित निकाल्दै उपाधी हात पारिन् । पांचदिनसम्म चलेको प्रतियोगिताको ३५ प्लसतर्फ कमल भण्डारीले संन्जय प्रकाश श्रेष्ठलाई ६–२ र ६–० को सेटमा पराजित गर्दै उपाधि चुमे । बुटवलका श्रेष्ठ पहिलो पटक फाईनल पुगेका हुन् ।

यसैगरि ४५ प्लसतर्फ चन्द्र शाही (यु एण्ड मी) ले धर्म लामिछाने लाई ६–४ र ६–३ को सोझो सेटमा पराजितगर्दै उपाधि हातपारे । यसैगरि ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६–७, ६–२ र १०–२ को सेटमा जित निकाले ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री खनाल, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठ, मन जयकार टेनिस एकेडेमीका अध्यक्ष मनोज राणा, प्रमुख प्रशिक्षक कृष्णराज घले, टिम नेपालका अजय विष्ट, कास्की टेनिस संघका उपाध्यक्ष लोक गुरुङ, रुपन्देही लनटेनिस संघका अध्यक्ष संजयप्रकाश श्रेष्ठ, उपाध्यक्ष अर्जुन गुरुङ, सचिव गोपाल ज्ञवालीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यसैबिच नेपालका टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका लनटेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

≪ Previous Post

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

Next Post ≫

मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क