Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : एमसीसी क्रिकेट क्लब विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सुपरलिग : एमसीसी क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७७ · 0
रुपन्देही सुपरलिग : एमसीसी क्रिकेट क्लब विजयी
70
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, ११ फागुन । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारबाट सुरु भएको डिभिजन ‘ए’ को खेलमा एमसीसी क्लबले विजयी सुरुवात् गरेको छ । एमसीसीले सैनामैना क्रिकेट क्लबलाई १०८ रनको भारी अन्तरले पराजित गरेको हो ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनको योगफल बनायो । उसका लागि प्रियांसु श्रेष्ठले ५६, विशाल मौर्यले ४१, मोहम्मद हुसेनले २०, सुशान्त थापाले १८ र रोशनलाल गुप्ताले १३ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेलले ३, विशाल भुसालले २ तथा उदय पन्त, कृष्ण गिरी र बसन्त खड्काले समान १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको सैनामैना २७.५ ओभरमा अलआउट हुँदै जम्मा ८४ रन मात्रै जोड्न सक्यो । उसका लागि मनिष क्षेत्रीले २५ र सुनिल पौडेलले नटआउट १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा एमसीसीका सन्तोष यादवले ४ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, मोहम्मद हुसेन र रमेश कुर्मीले २÷२ तथा रोशनलाल गुप्ता र विशाल मौर्यले समान १÷१ विकेट लिए । बुधबार डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघद्वारा ७१ बुंदे प्रस्ताव पारित

Next Post ≫

राष्ट्रपतिले शिफारिस गरेको प्रतिनिधि सभा विघटन सर्वोच्चद्वारा वदर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क