Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा कसजु र अर्याल भिड्दै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा कसजु र अर्याल भिड्दै

संसारपोस्ट संवाददाता · ११ फाल्गुन २०७७ · 0
बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा कसजु र अर्याल भिड्दै
90
SHARES
ShareTweet

वरिष्ठ, उद्योग, बाणिज्य उपाध्यक्ष र महासचिवमा एकल उम्मेदवारी दर्ता
बुटवल, ११ फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वका लागि अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । संघको २४ औं महाधिवेशनबाट संघको नेतृत्व लिनका लागि संघका वरिष्ठ उपाध्यक्ष उज्जवलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा महासचिव दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा बिमलराज भट्टराईको एकल उम्मेदवारी दर्ता भएको छ ।
यस्तै एक एशोसियट सदस्य पदका लागि आनन्दप्रसाद वझाको एकल उम्मेदवारी परेको छ भने चार जना बाणिज्य सदस्य पदका लागि पनि काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेलको मात्र उम्मेदवारी परेको छ ।
संघको एक कोषाध्यक्ष पदमा भने नविन श्रेष्ठ (नवराज) र भेषराज गैरेको उम्मेदवारी परेको छ । यस्तै एक सचिव पदका लागि बाबुराम विक, बसन्तप्रसाद ढकाल, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुली गरी चार जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै चार उद्योग सदस्य पदका लागि नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, पुरुषोत्तमभक्त प्रधानाङ्ग र संजय कलवार जयसवालको उम्मेदवारी परेको थियो । उम्मेदवारहरुको आपसी सहमतिमा उम्मेदवार पुरुषोत्तमभक्त प्रधानाङ्गले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उद्योग सदस्यमा पनि आवश्यक पदमा मात्रै उम्मेदवारी कायम भएको छ ।
खुल्ला तर्फको ७ सदस्य पदमा भने दोब्बर १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधवप्रसाद भुसाल, मोहम्मद जमिल खान, सवर मियाँ, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो । त्यस्तै महिला तर्फको दुई सदस्य पदमा चार जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
संघको २४ औं अधिवेशन अन्तरगत यहि फागुनको ७ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी दर्ता भएको हो । संघको नयाँ नेतृत्व चयनका लागि फागुन १३ गते बिहिबार मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

≪ Previous Post

बुटवलको राष्ट्रपति रनिङ शिल्डमा कालिका मानव ज्ञान प्रथम

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघद्वारा ७१ बुंदे प्रस्ताव पारित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क