Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुनाको वार्षिकोत्सव : शिलान्याश, उद्घाटन र विमोचन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुनाको वार्षिकोत्सव : शिलान्याश, उद्घाटन र विमोचन

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७७ · 0
शान्ति नमुनाको वार्षिकोत्सव : शिलान्याश, उद्घाटन र विमोचन
80
SHARES
ShareTweet

शिक्षक कर्मचारी सम्मानित, विद्यार्थी र प्रतियोगि पुरस्कृत
तिलोत्तमा, फागुन४ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयमा निर्माणहुन गैरहेको ८ कोठे भवनको शिलान्यास, श्रवण दृष्टि विहिनश्रोत कक्षाको उद्घाटन र विद्यालयको वार्षिक मुखपत्र नानीको विमोचन गरिएको छ ।

वार्षिकोत्सवकै अवसरमा विद्यालयको बृहत्तर विकास र शैक्षिक गुणस्तर बृद्धिकालागि खटिने २० जना शिक्षक कर्मचारी सहित विद्यालयमा अक्षयकोष स्थापनागर्ने ५ जना दाताहरु तथा विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने ४ वटा संस्थालाई सम्मान गरिएको थियो ।
यस्तै एस.इ.इ.मा जि.पि.ए. ४ प्राप्त गर्न सफल ८ जना विद्यार्थीहरुलाई स्वर्ण पदक र जि.पि.ए. ३.९० भन्दा माथि प्राप्तगर्ने २५ जनालाई रजत पदकबाट सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न दाताहरुले स्थापना गरेका ४४ वटा छात्रवृत्ति विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने गतवर्ष एस.इ.इ. उत्तीर्ण ३ सय ३५ जना र कक्षा १२ उत्तीर्ण २ सय १२ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
सोही समारोहमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने कान्ति मा.वि., द्वितीय हुने न्यू होराइजन मा.वि., तृतीय हुने देवदह मदर टङ्स र प्रोत्साहन स्थान प्राप्त गर्ने कालिका मानव ज्ञान मा.वि.का विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँडले कुनै पनि देशको विकास त्यहाँको शैक्षिक विकासले निर्धारण गर्ने बताउनुभयो । शैक्षिक गुणस्तर बढाउन र सामाजिक सेवामा समर्पित विद्यार्थी उत्पादनमा राज्यले विशेष ध्यानदिनुपर्नेमा जोड दिदै पूर्व मन्त्री खाँडले राष्ट्रियताको सम्बद्र्धन, लोकतन्त्रको रक्षा र विधिको शासन स्थापित गर्नकालागि अहिले हरेक नागरिक सचेत हुनुपर्ने बताउनु भयो । उहांले त्यसकालागि शैक्षिक जागरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशनालयका उपसचिव भोज बहादुर के.सी., शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, डिभिजन कार्यालयका प्रमुख दिपक भण्डारी, नेपाल नेत्रहीन संघका राष्ट्रिय अध्यक्ष रमेश पोखरेल, राष्ट्रिय बहिरा संघका महासचिव खुमबहादुर बुढाथोकीलगायतले विद्यालयको शैक्षिक विकासकालागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै विद्यालयको शैक्षिक तथा भौतिक विकासको शुभकामना ब्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै विद्यार्थी संख्याका आधारमा जनशक्तिको अभाव भएको भन्दै राज्यले शिक्षाको दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अंग्रेजी माध्यमिक संयोजक दिपेन्द्र कुमार शाक्य र दशजोड दुईका संयोजक राजेन्द्र के.सी.ले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्यहरु,गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गर्नुभएको थियो । विद्यालयमा हाल करिव ३६ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय४० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

≪ Previous Post

खुला सिमाका कारण ब्यवसाय धरशायी बनेको ब्यवसायीको गुनासो

Next Post ≫

मानव बेचबिखन बिरुद्ध निजी क्षेत्रको भूमिका खोजी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क