Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी
चौथो खुला लनटेनिसको उपाधी रितिक र प्रेरणालाई

चौथो खुला लनटेनिसको उपाधी रितिक...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
रुपन्देही सुपरलिग : जीआरलाई सफलता

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी

संसारपोस्ट संवाददाता · ८ माघ २०७७ · 0
संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी
110
SHARES
ShareTweet

बुटवल ८ माघ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापना नभए जनआन्दोलनका उपलब्धी गुम्ने चेतावनी दिनु भयो ।
सरकारको संसद विघटनको कदम असंबैधानिक ,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै अध्यक्ष केसीले यो कदम नसचिए २०६२।६३को आन्दोलनका उपलब्धी गुम्ने खतरा बढेको दावि गर्नु भयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले विहिवार बुटवलमा आयोजित प्रतिनिधी सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न विषयक अन्र्तक्रियामा वोल्दै उहाँले सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताउनुभयो ।
ओली र प्रचण्डको स्वार्थ पुरा नहुंदा देश दुर्घटनातर्फ उन्मुख भएको समेत उहाँले बताउनुभयो ।
अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन मुलुक र जनताको हित विपरित भएको उल्लेख गर्दै उनीहरु जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण विभाजित भएको बताउनुभयो ।
अध्यक्ष केसीले गणतन्त्रमाथी ३ वटा शक्तिवाट खतरा बढेको भन्दै पहिलो राजावादी , दोस्रो विदेशी हिन्दु अतिवादी र तेस्रो वामपन्थी संकिर्णवादी शक्तिवाट हमला भएको खुलासा गर्नु भयो ।
वामपन्थी संकिर्णवादी शक्तिहरुको नियत प्रतिगामी नभएपनि उनिहरुको गणतन्त्रमाथीको हमलाबाट अन्तमा राजावादीहरुको आन्दोलनलाई नै मद्दत पुग्ने निश्चित भएको उहाँले ठोकुवा गर्नु भयो ।
मुलुकमा स्थिर सरकार कायम राख्न, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न तथा प्रतिगमनकारी शक्तिको कदमलाई परास्त गर्नका लागि अग्रगमनका पक्षधर शक्तिहरुका बीच कार्यगत एकता गरि संयुक्त आन्दोलनलाई अगाडी बढाउनु आजको राष्ट्रिय आवश्यकता भएको अध्यक्ष केसीले जोड दिनु भयो ।
हाल सम्मका उपलव्धीहरुको रक्षागर्नु प्रमुख दायित्व भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
संघीयता असफल सिद्व भैसकेको बताउंदै हिजो संघीयता ल्याउन मरेहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको उहाँले टिप्पणी गर्नु भयो ।

≪ Previous Post

इट्टाको विमा गर्न पाउने व्यवस्था गर्न व्यवसायीको सरकारसंग माग

Next Post ≫

कन्चनमा अनमी थापाको स्मृतिमा १ लाख रुपैयाको अक्षयकोष स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क