Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ संसद पुनस्थापनाको विकाल्प छैन, नत्र देशमा विध्वंश हुन्छ : नेता भुसाल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संसद पुनस्थापनाको विकाल्प छैन, नत्र देशमा विध्वंश हुन्छ : नेता भुसाल

संसारपोस्ट संवाददाता · २० पुष २०७७ · 0
संसद पुनस्थापनाको विकाल्प छैन, नत्र देशमा विध्वंश हुन्छ : नेता भुसाल
110
SHARES
ShareTweet

नवलपरासी, २० पुस । नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले संसद पुनस्थापनाको विकल्प नभएको बताउनुभएको छ । अब प्रचण्ड– ओली कस्को पछाडी लाग्नु भन्दा पनि हाम्रो सामु अब संसद पुनस्थापना वा ध्वंस दुई वटा बाटो रहेकाले संसद पुनस्थापनाको विकल्प नभएको उहांले बताउनु भयो ।
प्रचण्ड–नेपाल समूहको नेकपा नवलपुरको आयोजनामा सोमवार भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका नेता घनश्याम भुसालले पार्टी एकता, देशको बचाउ र सबैको लागि संसद पुनस्थापनाको विकल्प नभएको बताउनु भएको हो । उहांले संसद पुनस्थापना नभए देशमा विध्वंश मच्चिने चेतावनी समेत दिनुभयो । उहांले भन्नुभयो–‘संविधान च्यातेर चुनाव हुन्छ भनेर पत्याउने कुरा हुंदैन ।’ प्रशिक्षण भेलामा भुसालले राष्ट्रपतिले फूलबुट्टा भरेर स्वीकृत गर्नुभएको प्रतिनिधि सभा बिघटन संबिधान बिपरित भएको दावी गर्नुभयो ।
पूर्व मन्त्री रहेका नेता भुसालले संसद विघटनको प्रस्ताव लैजाँदा मन्त्री परिषदमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र विघटनको पक्षमा रहेको अन्य सबै मन्त्री विपक्षमा रहेको समेत खुलासा गर्नुभयो । नेता भुसालले केपी शर्मा ओलीको एकल निर्णय गर्ने स्वभावले पार्टीमा संकट भएको बताउनु भयो । ओलीमा आफूले गरेको निर्णय पार्टीले मान्नुपर्छ भन्ने अडान पहिलेदेखि नै हावी हुदा समस्या सिर्जना भएको नेता भुसालले वताउनु भयो । उहांले संसद पुर्नस्थापना हुनेमा बिश्वस्त हुन कार्यकर्तालाई आग्रह गर्दै संसद पुर्नस्थापना पछि मुलुक ठूलो दुर्घटनाबाट जोगिने र पार्टी एकतामा पनि दख्खल नपुग्ने जिकिर गर्नुभयो । पार्टी विभाजन पछि नवलपरासीमा पनि ओली र प्रचण्ड नेपाल दुवै समूहले शक्ति प्रदर्शन, भेला प्रशिक्षण शुरु गरेका छन् ।
रामकुमर श्रेष्ठ । नवलपरासी

≪ Previous Post

संसद विघटन : असंवैधानिक र अलोकतान्त्रिक कदम

Next Post ≫

एनआरएनको विवाद उत्कर्षमा, विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क