Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको तिलोत्तमामा चोरीका सामानको गोदाम : प्रहरीले छापा मार्दा १० लाखको सामान बरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमामा चोरीका सामानको गोदाम : प्रहरीले छापा मार्दा १० लाखको सामान बरामद

संसारपोस्ट संवाददाता · २ पुष २०७७ · 0
रुपन्देहीको तिलोत्तमामा चोरीका सामानको गोदाम : प्रहरीले छापा मार्दा १० लाखको सामान बरामद
130
SHARES
ShareTweet

बुटवल, २ पुष । रुपन्देही प्रहरीले चोरी पैठारी गरेर गोदाम गरेको घरमा छापा मारेर करिव पौने १० लाख वरावरका कपडाहरू वरामद गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ शान्तिनगर स्थित दिनानाथ खनालको घर भाडामा लिई चोरीका सामान गोदाम गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उक्त परिमाणको सामान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार घर भाडामा लिने रहमत खान भन्ने ब्यक्ति भने फरार भएको छ । प्रहरीले उक्त घरको गोदाम घरवाट कुर्ता सरवाल सेट ५७० थानको मूल्य १ लाख ७१ हजार, काँचो कपडा १२ मिटरको ७८ हजार, उलन टपस् ४४० थानको मूल्य १लाख ७६ हजार, पातलो टप्स ३७० थानको मूल्य ३७ हजार, उलन कुर्ता सरवाल सेट ९१ थानको मूल्य रु ५४ हजार ६ सय बरावरका सामान बरामद गरेको छ । त्यस्तै कुर्ता सरवाल बाक्लो ४६४ थानको मूल्य २ लाख ३२ हजार, बोटिस ५६० थानको मूल्य १६हजार ८सय र लाहा १० बोराको मूल्य २ लाख १० हजार गरि कूल जम्मा ९ लाख ७५ हजार ४ सय रुपैयाँको सामान वरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव ुुउपरिक्षक सत्यनारायण थापाले बताउनु भयो ।
त्यस्तै रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ बाट प्रहरीले ९ वटा पाडा र १ वटा भैसी बरामद गरेको छ ।
करिव तिन लाख बराबरको भैसी पाडाहरू अवैध रूपमा चोरी निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिई अन्य आवश्यक कारबाहिको लागि भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रूपन्देही पठाईएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

अध्यक्ष प्रचण्ड कडकिएपछि ओलीद्धारा संबैधानिक परिषद् बैठक रोके

Next Post ≫

गुल्मीको दुबिचौरमा अटो दुर्घटना हुदां चालक राना को मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क