बुटवल, २ पुष । रुपन्देही प्रहरीले चोरी पैठारी गरेर गोदाम गरेको घरमा छापा मारेर करिव पौने १० लाख वरावरका कपडाहरू वरामद गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ शान्तिनगर स्थित दिनानाथ खनालको घर भाडामा लिई चोरीका सामान गोदाम गर्दै आएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उक्त परिमाणको सामान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार घर भाडामा लिने रहमत खान भन्ने ब्यक्ति भने फरार भएको छ । प्रहरीले उक्त घरको गोदाम घरवाट कुर्ता सरवाल सेट ५७० थानको मूल्य १ लाख ७१ हजार, काँचो कपडा १२ मिटरको ७८ हजार, उलन टपस् ४४० थानको मूल्य १लाख ७६ हजार, पातलो टप्स ३७० थानको मूल्य ३७ हजार, उलन कुर्ता सरवाल सेट ९१ थानको मूल्य रु ५४ हजार ६ सय बरावरका सामान बरामद गरेको छ । त्यस्तै कुर्ता सरवाल बाक्लो ४६४ थानको मूल्य २ लाख ३२ हजार, बोटिस ५६० थानको मूल्य १६हजार ८सय र लाहा १० बोराको मूल्य २ लाख १० हजार गरि कूल जम्मा ९ लाख ७५ हजार ४ सय रुपैयाँको सामान वरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव ुुउपरिक्षक सत्यनारायण थापाले बताउनु भयो ।
त्यस्तै रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ बाट प्रहरीले ९ वटा पाडा र १ वटा भैसी बरामद गरेको छ ।
करिव तिन लाख बराबरको भैसी पाडाहरू अवैध रूपमा चोरी निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिई अन्य आवश्यक कारबाहिको लागि भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रूपन्देही पठाईएको प्रहरीले जनाएको छ ।
