बुटवल, २ कार्तिक
लकडाउनका कारण रुपन्देहीमा साईकल क्रेज बढेको छ । योसंगै साइक्लिष्टहरु एकतावद्ध भई साईकलमैत्री पूर्वाधार, दुर्घटना बिमा तथा प्रतियोगिता आयोजना गर्नेतर्फ अग्रसर भएका छन । शनिबार बुटवलमा बसेको युवाहरुको भेलाले बुटवल साईकल ग्रुप गठन गरेको छ । जसको अध्यक्षतामा शिव चौधरी, उपाध्यक्ष चन्द्र सुवेदी, सचिव धनु जिसी, सहसचिव राम लम्साल, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ तथा सदस्यहरुमा आशिष राना, अर्जुन पुलामी, समिर रहान, सन्जय परियार, अमित गुप्ता, सबिन थापा, सुरज तामाङ, नर्सिम कुमाल, विकास खड्की, रस्वीन श्रेष्ठ र सल्लाहकारमा जगदिश मगर रहेका छन ।
कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले नवगठित टिमलाई बधाई तथा शुभकामना दिदै एकतावद्ध भएर लाग्न सुझाव दिए । साईकल चलाउदा शारीरिक रुपमा मात्र नभई पर्यावरण जोगाउने एउटा अभियानका रुपमा समेत रहेको उहाँले बताउनु भयो ।
बुटवल युनाईटेडको क्रिटिकल मास

साईकलमैत्री पुर्वाधार र साईकल सचेतना जगाउन भन्दै शनिबार बुटवल युनाइटेड साईक्लिङ क्लबले क्रिटिकल मास रयाली गरेको छ । साझ ६ बजे बुटवल कालिका माविबाट शुरु भएको रयाली देवकोटा चोकहुदै नगर परिक्रममा गरि पुन बुटवल फर्किएको थियो । साईकलप्रतिको आर्कषण र अनुसासन सिकाउन तथा सचेतनाका रुपमा रयाली आयोजना गरिएको क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए । कार्यक्रम अन्तरगत साईक्लिष्टहरुले भैरहवा बुद्धचोकमा रहेको बुद्ध प्रतिमामा मैनबत्ती बालेर कोभिड १९ बाट मृत्यु भएका सम्पूर्ण मृतकप्रति श्रद्धान्जली अपर्ण गरेका थिए । हरेक महिनाको पहिलो शनिबार यसरी नै शान्ति र्याली गरिने उनले बताए । कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधार, उपाध्यक्ष अभिषेक भारी, ह्याप्पी क्लबका उपाध्यक्ष किरण श्रेष्ठ, तिनाउ साईक्लिङ क्लबका अर्जुन गुरुङ लगायत ३ दर्जन साईक्लिष्टहरु सहभागी भएका थिए । कार्यक्रममा सहभागी साईक्लिष्टहरुलाई पिउने पानी एभरेष्ट वाटर, जिमिरे र जुस एभरेष्ट फुड एण्ड एभरेज ईण्डिष्ट्रिजबाट सौजन्य भएको क्लबका सचिव राजु तिवारीले बताउनु भयो ।