बुटवल,१ कार्तिक
लुम्बिनी प्रदेशका अधिकांश मन्त्री र कर्मचारी तथा सुरक्षाकर्मी कोरोन संक्रमित भएका छन । प्रदेशको नामाकरण र राजधानीको विषयले जसरी प्रदेश तातिएसंगै कोरोनावाट संक्रमित पनि दैनि रुपमा बढी रहेका छन । प्रदेशका सभामुख, उपसभामुख, कानुन मन्त्री, प्रदेश सभा सचिव, सुरक्षाका टोली कर्मचारीमा कोरोना सक्रमित देखिएसंगै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री चौधरीले सामाजिक सन्जाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराउनु भएको हो ।
आफ्नो पीसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको बताउँदै उहाँले आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह गर्नु भएको छ । मन्त्री चौधरीसँगै उहाँकी श्रीमती द्रोपती चौधरी, पिएसओ, सवारी चालक र भान्सेलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले बताउनु भएको छ ।संक्रमित मध्ये मन्त्री चौधरीलाई सामान्य रुघा लागेको छ भने अन्य ४ जनालाई कुनै लक्षण नदेखिएको बताइएको छ ।