Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विश्व स्पाईन दिवसमा तिनाउ हस्पिटलमा ओपिडि सेवा निःशुल्क
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विश्व स्पाईन दिवसमा तिनाउ हस्पिटलमा ओपिडि सेवा निःशुल्क

संसारपोस्ट संवाददाता · २९ आश्विन २०७७ · 0
विश्व स्पाईन दिवसमा तिनाउ हस्पिटलमा ओपिडि सेवा निःशुल्क
80
SHARES
ShareTweet

बुटवल २९ आसोज
विश्व स्पाईन (मेरुडण्ड) दिवस अक्टोबर १६ अर्थात असोज ३० गते शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । नेपालमा पछिल्ला केहि वर्ष देखि यो दिवशलाई औपचारिक रुपमा मनाउन लागिएको हो । यसै अवसरमा बुटवलको तिनाउ ईन्टरनेशनल हस्पिटलले विशेष छुटको व्यवस्था गरेको छ । पश्चिम क्षेत्रकै एक मात्र स्पाईन सर्जन डा योगेन्द्र अग्रहरीले यस क्षेत्रमै स्पाईन र ट्रमाको विशेषज्ञ सेवा भर्खरै मात्र शुरु भएकोले अवसर लिन अपिल गर्नु भयो ।
तिनाउ हस्पिटलमा सेवारत डा अग्रहरीले दिवसको अवसरमा मेरुदण्ड समस्या भएको बिरामीको लागि ओपिडि सेवा निःशुल्क गरिएको बताउनु भयो । उहांले एक्सरे लगायतका सेवामा पनि एक दिन विशेष छुटको प्रवन्ध मिलाईएको जानकारी दिनु भयो । स्पाईनल ईन्जुरी देखि घाटी भांचिएको , ढाड भाचिएको, ढाडको नसा च्यापिएका, मेरुदण्डको टि बि भएको, जन्मजात मेरुदण्ड बाङ्गो भएको तथा नसाको समस्या लगायतका विशेषज्ञ सेवा अस्पतालले प्रदान गरेको जानकारी दिनु भयो ।
विश्वविख्यात संस्था, जापान र भारतमा गरि दुई दुई वटा फेलोसिप गर्नु भएका डा अग्रहरीले यस क्षेत्रमै पहिलो पटक विशेषज्ञ उपचारको प्रवन्ध गरिएको दावी गर्नु भयो । डा अग्रहरि यस पश्चिम क्षेत्रमा ट्रमा तथा स्पाइन फेलोसिप गरेका एकमात्र चिकित्सक रहेको अस्पताल प्रशासनले जानकारी गराएको छ । पहिलो विगतमा मेरुदण्ड लगायतका समस्या भएका विरामी काठमाडौं तथा भारतका विभिन्न शहरहरुमा पुग्नु पर्ने वाध्यता दियो ।
यस्ता विरामीले विशेषज्ञ सेवा प्रभावकारी ढंगले पाएमा सबै जनाको अप्रेशन नै गर्नु नपर्ने पनि उहांको तर्क रहेको छ । शरिरको सबैभन्दा महत्वपुर्ण अंग भएकोले मेरुदण्डको उपचार वेलैमा नहुदां अपङगता जस्ता समस्याहरु भोग्नु परेको उहांको तर्क रहेको छ । तिनाउ ईन्टरनेशनल अस्पतालले यस्ता समस्यामा रहेका विरामीहरुका लागि अप्रेशनमा आवश्यक पर्ने अत्याधुनिक उपकरणहरुको प्रवन्ध गरेको अस्पतालका अध्यक्ष चिरञ्जीवि जोशीले जानकारी दिनु भयो । उहांले हरेक रोग र त्यसको उपचार प्रद्धती जस्ता कुराहरुमा सचेतना वढाउन आवश्यक भएको बताउनु भयो ।

≪ Previous Post

विमा कम्पनीका कारण मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका ३१९ जना कोरोना विमावाट बन्चित

Next Post ≫

प्रहरीलाई बाधा अवरोध गर्ने २ जना र स्कूटर जलाउने ४ जना विरुद्ध मुद्दा दर्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क