Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उपमहानगर पालिकाद्वारा गाउँ ब्लक जग्गाका पाँच सय परिवारलाई लालपुर्जा वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उपमहानगर पालिकाद्वारा गाउँ ब्लक जग्गाका पाँच सय परिवारलाई लालपुर्जा वितरण

संसारपोस्ट संवाददाता · २८ आश्विन २०७७ · 0
बुटवल उपमहानगर पालिकाद्वारा गाउँ ब्लक जग्गाका पाँच सय परिवारलाई लालपुर्जा वितरण
110
SHARES
ShareTweet

बुटवल २८असोज
बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि झण्डै पाँच सय लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं. १४, देखि १८नम्बर वडाका विभिन्न टोलमा पुर्जाविहीन करिब पाँच सय घर परिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको जनाएको छ ।
वडा नं. १५ मा ४८ वडा नं. १६ मा ६३ , वडा नं. १७ मा ९० र वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरिएको हो । यस्तै वडा नं. १४ मा ६० र वडा नंं १८ मा थप ९० वटा लालपुर्जा तयार भइ वितरणको तयारीमा रहेका छन् । बुटवल–१८ को मोतिपुर पोखराबारीमा एक संक्षिप्त समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका २२ जनालाई लालपुर्जा वितरण गर्नुभयो । उक्त वडामा यसअघि एक सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ भने थप ९० वटा पुर्जा तयार भइरहेका छन् ।
लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१८ का ज्ञानेश्वर आचार्य र अर्की महिला ठनगी थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताउनु भयो ।
नगर प्रमुख सुवेदीले धेरै वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा बुधवारबाट पूर्ण स्वामित्व हुने गरी जग्गाधनी प्रमाणपत्र पाएकोमा जग्गाधनीलाई बधाइ दिँदै औद्योगिक करिडोर र आसपासमा रहेका सबै अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन लागेको जानकारी दिनु भयो ।
सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, वडाअध्यक्ष हुमबहादुर आचार्य र नापी कार्यालयका यमप्रसाद पाण्डेलगायत जनप्रतिनिधि र अगुवाहरुको सहभागिता थियो । उपमहानगरमा जनप्रतिनिधि चुनिएयता गाउँ ब्लक जग्गामा रहेका करिब पाँच सय परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनु परेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व बृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमुना काम गरिरहेको छ ।
मोतिपुरको पोखराबारीमा आयोजित पुर्जा वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवद्र्धनका साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यवसायिक काम गर्न आग्रह गरिन ।
अनुगमन समितिका संयोजक समेत रहेकी उपप्रमुख आचार्यले उपमहानगरले सीप सिकाउने, सीपको सदाुपयोग गर्न सहयोग गर्ने र अनुदानकासमेत व्यवस्था गर्ने बताउँदै पछाडि पारिएका समुदाय र महिलालाई उच्च प्राथमिकतामा राखिएको बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी प्रदेश लोकसेवा आयोगद्धारा सातौ र आठौ तहका लागि ९६ जना कर्मचारीको दरखास्त आह्वान

Next Post ≫

विमा कम्पनीका कारण मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका ३१९ जना कोरोना विमावाट बन्चित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क