Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्बिनी प्रदेशमा विगत ३ वर्षमा साढे ३४ सयद्धारा आत्म हत्या, प्रदेश प्रहरीद्धारा रोकथाम, चेतना र प्रयास नामक अभियान संचालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेशमा विगत ३ वर्षमा साढे ३४ सयद्धारा आत्म हत्या, प्रदेश प्रहरीद्धारा रोकथाम, चेतना र प्रयास नामक अभियान संचालन

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७७ · 0
लुम्बिनी प्रदेशमा विगत ३ वर्षमा साढे ३४ सयद्धारा आत्म हत्या, प्रदेश प्रहरीद्धारा रोकथाम, चेतना र प्रयास नामक अभियान संचालन
190
SHARES
ShareTweet

बुटवल २१ असोज
लुम्बिनी प्रदेशमा विगत ३ वर्ष देखि लगातार रुपमा आत्महत्याका घटना बढदै गएको प्रहरीको तथ्याकंले देखाएको छ ।
आत्म हत्याको संख्यालाई हेदाँ यो रुप विकराल देखिएको छ । आर्थिक वर्ष २०७६।७७ मा लुम्बिनी प्रदेशमा पुरुष ७१७ र महिला ५१९ गरी कुल १ हजार २३६ जनाले आत्महत्या गरि अकालमा ज्यान गुमाएका छन ।
त्यस्तै आ.ब. २०७५।७६ मा पुरुष ५९र महिला ५३७ गरी कुल १हजार १२८ जनाले आत्महत्या गरेको लुम्बिनी प्रदेश प्रहरीको तथ्याकंले देखाएको छ ।
त्यस्तै प्रदेशमा आर्थिक वर्ष २०७४।७५ मा पुरुष ५९९, महिला ४९२ गरी जम्मा १हजार ९१ जनाले आत्म हत्या गरेका थिए ।
त्यस्तै चालु आर्थिक वर्षकोे साउन र भाद्रमा पुरुष १७७ महिला १११ गरी जम्मा २८८ जनाले आत्महत्या गरिसकेका छन ।
यो संख्या अघिल्लो आर्थिक वर्षको साउन र भाद्रमा २०९ रहेको थियो । यसरी तथ्याङ्कलाई आधार मानेर हेर्दा प्रत्यक वर्ष आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि भइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले बताउनु भयो ।
प्रदेशको तीन वर्षको आत्महत्याका घटनाको विश्लेषण गर्दा उदासिनता, मादक पदार्थ र लागु औषध दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, घरेलु हिंसा, आफन्तको मृत्यु , गरिवी, वेरोजगारी, प्रेममा धोका, पढाईमा असफलता जस्ता कारणहरु आत्म हत्याका मुख्य कारणहरु देखिएको प्रहरीको अनुसन्धावाट देखिएको छ । हाल विश्वभर फैलिएको महामारी कोभिड १९ को प्रभाव समेत केही हुन सक्ने पनि प्रहरीले औल्याएको छ ।
समाजमा आत्महत्याको कारणहरु हेर्दा सामाजिक संजाल र संचार उपकरणको दुरुपयोग, वालविवाह, बहु विवाह, ढाटेर अर्को विवाह गर्ने जस्ता कारणले पनि आत्महत्या बढेको प्रहरीले जनाएको छ ।
आत्महत्याका घटनालाई न्युनिकरण गर्नका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले “आत्महत्या रोकथाम, चेतना अभियान र प्रयास नामक १५ दिने सचेतनामुलक कार्यक्रम शुरु गरेको जनाएको छ । जीवन मुल्यवान छ, यसलाई आत्महत्या गरी खेरा नफालौ भन्ने मुल नाराका साथ अभियान संचालन गरिएको प्रवक्ता बैदवारले बताउनु भयो ।
प्रदेशका प्रभावित जिल्ला तथा क्षेत्र र समूदायमा माईकिङ गर्ने, मिडियाहरुमा आत्महत्या न्यूनिकरणको चेतनामूलक सूचना प्रशारण गर्ने, आत्महत्या न्यूनिकरणमा संलग्न संस्था, आमा समूह, स्थानिय महिला बालबालिकालाई सहभागी गराई टोल, वडा, पालिका स्तरमा अन्तरकृया तथा छलफल गर्ने गरि कार्यक्रम शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गत शुक्रवार देखि शुरु गरिएको उक्त अभियान जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पूर्व र सो मातहतका ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट सहित कुल ३७७ प्रहरी ईकाइबाट संचालन गरिएको छ ।
दैनिक रुपमा स्थानिय पालिका, वडा, सम्वन्धित संघ सस्था, उद्योग वाणिज्य संघ, अन्य सरोकारवाला निकायहरुसंग सहकार्य गरी नागरिक केन्द्रित कार्यक्रम संचालन गरि रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
१५ दिने अभियानमा प्रदेश भरी १ हजार वटा कार्यक्रम गर्ने लक्ष्य प्रदेश प्रहरी कार्यालय लिएको जनाएको छ ।

≪ Previous Post

सटर व्यवसायीको १ वर्ष म्याद थप गर्न बुटवल उप महानगरपालिकालाई रुपन्देही व्यापार संघको आग्रह

Next Post ≫

रुपन्देही स्थायी राजधानीको बिपक्षमा मतदान गर्ने सांसद प्रति सञ्जालद्वारा खेद व्यक्त

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क