Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७७ · 0
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा मिर्गौलाका विरामीको निःशुल्क कोरोना बीमा
90
SHARES
ShareTweet

बुटवल, २५ भदौ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलाईसिस गराईरहेका विरामीहरुको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ ।
नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका विरामीहरु संक्रमणको उच्च जोखिममा रहेकाले उनिहरुलाई केहि आर्थिक राहत होस् भन्ने उद्देश्यले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका तर्फबाट बीमा कम्पनीसंग सम्झौता गरी विरामीहरुको निःशुल्क रुपमा एक लाखको कोभिड १९ बीमा गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराउनु भयो । कोभिड १९ को बीमाले संक्रमणको उच्च जोखिममा रहेका र यसअघि नै स्वास्थ्य समस्यामा रहेका मिर्गौलाका विरामीहरुको मनोबल बढाउन सघाउ पुग्ने अध्यक्ष आलमले बताउनुभयो ।
सरकारले मिर्गौलाका विरामीहरुको डायलाईसिस निःशुल्क गरेपनि अन्य औषधी तथा बेलाबेलामा गर्नुपर्ने ल्याब परिक्षणलाई भने निःशुल्क गरेको छैन । मुटु अस्पतालले भने डायलाईसिस बाहेक सबै विरामीको बेलाबेलामा गर्नुपर्ने रुटिन र भाईरल टेष्ट समेत निःशुल्क गर्दै आएको छ । त्यस्तै अति विपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोहि नभएका मिर्गौलाका विरामीहरुको औषधी तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।
त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलाईसिसको लागि अस्पताल आउने विरामीहरुलाई नियमित अस्पताल ल्याउने र छोड्ने व्यवस्था समेत गर्दै आएको छ ।
अस्पतालले डायलाईसिसको विरामीहरुलाई अस्पताल ल्याउन र घरमा छोड्नको लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ ।
अस्पतालमा हाल ४ सय २६ जनाले नियमित मिर्गौलाको डायलाईसिस गराउंदै आएका छन् । काठमाण्डौभन्दा बाहिर सबैभन्दा ठूलो मिर्गौलाको डायलाईसिस युनिट संचालन गर्दै आएको मुटु अस्पतालमा बुटवलमा ३ सय ५४, दाङको लमहीमा ४९ र पाल्पामा २३ जना विरामीले नियमित डायलाईसिस गराउंदै आएका छन् ।
अस्पतालले बुटवलमा २० तथा लमही र पाल्पामा १०÷१० वटा मेशिनबाट डायलाईसिस सेवा संचालन गर्दै आएको छ । त्यस्तै स्याङजाको वालिङमा पनि डायलाईसिस सेन्टर संचालनको अन्तिम तयारीमा रहेको अस्पतालले जनाएको छ ।

≪ Previous Post

बीपीको जन्मजयन्तीमा बीपी कोइराला युवा मञ्चद्वारा बुटवलमा १०७ दिप प्रज्वलन

Next Post ≫

तिलोत्तमा १० सग्रहवामा ‘तिलोत्तमा औद्योगिक ग्राम’ शिलन्यास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क