बुटवल, ७ भदौ । कोरोना विशेष अस्पताल बुटवलमा उपचारार्थ भर्ना भएका रुपन्देहीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आई.सी.यू.(सघन कक्ष) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी गराउनु भयो ।
सूचना अधिकारी डा. गौतमका अनुसार अस्पतालमा भर्ना भएकी बुटवल उपमहानगरपालिका–१ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र सम्मरीमाई गाउँपालिका–२ मुडिलाका ३८ वर्षका पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या, दिर्घ रोग, प्रेसर र मृगौला सम्बन्धि रोगबाट ग्रसित मृतक ६७ वर्षिय महिला साउन ३१ गते कोभिड पोजेटिभ भएपछि कोरोना अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य आइतबार बिहानदेखि थप गम्भिर भएको थियो ।
अर्का मृतक सम्मरीमाई गाउँपालिका–१ का ३८ वर्षिय पुरुष भदौ १ गते कोभिड पोजेटिभ संगै स्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।
