बुटवल, ७ भदौ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै कारोवार स्थगन गरिएको नेपाल आयल निगम ५ नं प्रादेशिक कार्यालय भलवारी रुपन्देहीले विशेष सुरक्षा मापदण्ड अवलम्वन गरी सेवा सुचारु गरेको छ ।
निगमका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्य कर्मचारी र समुदायमा संक्रमण फैलिन नदिन साउन ३२ गते देखि स्थगन गरिएको कारोवार भदौ ५ गतेदेखि सुचारु गरिएको हो । यस डिपोबाट गरिने कारोवार स्थगन भएपछि यस क्षेत्रका उपभोक्ताहरुको माग बमोजिमको पेट्रोलियम पदार्थ निगमको २ नं. प्रादेशिक कार्यालय अमलेखगंजबाट स्टक टÈान्सफर गरि आपूर्ति सहज गराइएको थियो ।
नेपाल आयल निगम लि. ५ नं. प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख प्रलयâर आचार्यको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा बसेको बैठकले उच्च सर्तकता अपनाएर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा स्थापित मापदण्ड अनुसार स्थानिय प्रशासनसंगको समन्वय तथा सहकार्यमा कार्यालयलाई पूर्णरुपमा सेनिटाइजर, सिमित कर्मचारीहरुलाई समूहमा बर्गिकरण र सुरक्षाका उपायहरु अवलम्वन गरि भदौ ५ गते देखि डिपो संचालनमा ल्याउने निर्णय गरेको हो ।
बैठकमा पश्चिमाञ्चल पेटÈोलियम डिलर्स एशोसिएसनका प्रतिनिधि, पश्चिमाञ्चल टैंकर व्यवसायी संघका प्रतिनिधि, चालक तथा सहचालकका प्रतिनिधि र निगमका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बैठकले डिपो प्रवेश गर्दा चालक, सहचालकहरुले अनिवार्य रुपमा मास्क, हेलमेट, पञ्जा प्रयोग गर्ने तथा अन्य सरोकारवालाहरुलाई कामको प्रकृतिअनुसार मात्र डिपो प्रवेश गराउने र सामान्यतया डिपो प्रवेशलाई निरुत्साहित गरि फोनबाट नै सम्र्पक गर्ने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ ।
चालक तथा सहचालकहरुको लागि सम्बन्धित व्यवसायी, पश्चिमाञ्चल पेटÈोलियम डिलर्स एशोसिएसन, पश्चिमाञ्चल टंैकर व्यवसायी सघ लगायत सबैले आवश्यक पहल गरि कोरोना परिक्षण गराउने र यसको लागि निगमले आवश्यक समन्वय गर्ने सहमति गरिएको छ ।
यस्तै टंैकर डिपो प्रबेश गर्दा गेटमा पूर्णरुपमा सेनेटाइजर गरि प्रवेश गर्ने, सबैले अनिवार्य तापक्रम चेकजांच गर्ने, चालकले डिमाण्ड रुट मिलाउने समयमा दुरी कायम गर्ने र डेलिभरी आदेश (पि.डि.ओ.) लिने समय २ देखि ४ बजे सम्म कायम गर्ने र पि.डि.ओ. लिन एक जना चालकको प्रतिनिधि मात्र आई जम्मा गर्ने निर्णय भएको छ ।
यसैगरी ढुवानीका चलान विलहरु गेटमा नै संकलन गर्ने र भुक्तानी चेक लिनको लागि सम्वन्धित शाखामा सम्र्पक पश्चात मात्र सुरक्षाका उपाय अवलम्वलन गरि विहान ११ बजे देखि दिउसो १ बजे सम्म मात्र कार्यालय प्रबेश गर्ने, यस डिपो बाट लोड हुने टंैकरहरु दिउसो १ बजे पश्चात मात्र भलबारी क्षेत्रमा प्रवेश गर्ने र सो समय भन्दा अगाडी टैरकहरु भलबारी डिपोको बाहिरी क्षेत्रमा देखिएमा सोही दिन लोड नदिने सहमति भएको छ ।
बैठकले निगमको २ नं. प्रादेशिक कार्यालय अमलेखगञ्ज, अमलेखगंजका कर्मचारी, पेट्रोलियम पदार्थको सहज आपूर्तिमा सहयोग गर्ने पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन, पश्चिमाञ्चल टैंकर व्यवसायी संघ, तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (टैकर इकाई कमिटि भलबारी) लाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको भलवारी डिपोका सूचना अधिकारी रमेश ज्ञवालीले जानकारी दिनुभयो ।