Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेकपामा चरम बिवाद : बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपामा चरम बिवाद : बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0
नेकपामा चरम बिवाद : बुटवल नगर सचिवालय सदस्य सहित २१८ जना काँग्रेसमा प्रवेश
130
SHARES
ShareTweet

बुटवल २८ साउन
बुटवल उपमहानगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २ सय १८ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी भित्र चरम गुटबन्दी र कार्यकर्तालाई दमन गरेको भन्दै पार्टी छाडेको उनिहरुले बताएका छन । नेपालमै ठुलो र नेकपाको वलियो वडाका रुपमा परिचित उक्त वडावाट यति धेरै नेता कार्यकर्ताले पार्टी छाडनुले नेकपामा ठुलो धक्का लागेको बताईएको छ ।
नेकपा पार्टी एकिकरण हुनु अगावै तत्कालिन एमालेका नगर कमिटी उपाध्यक्ष समेत रहेका मल्ल सहित बुटवल उपमहानगरपालिका वडा नं. ११ का नेकपाका १ सय २२ जना संगठित सदस्य र ९६ जना साधारण सदस्य गरि २ सय १८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा केही साविक माओवादीका पनि रहेको बताईएको छ ।
उनीहरुलाई बुधबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले पार्टी प्रवेश गराउनु भएको हो ।
मल्लले बुधबार नै एक प्रेस बिज्ञप्ती जारी गरि आफू सहित २ सय १८ जनाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।
उहाँले जारी गरेको बिज्ञप्तीमा स्थानीय तह, प्रदेश र केन्द्रमा अत्यधिक बहुमतको सरकार हुँदा पनि कम्युनिष्ट पार्टीको नीति अनुसार काम गर्न नसकेको तथा पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा कम्युनिष्ट हुँ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएको उल्लेख गरिएको छ ।
पार्टी प्रवेशका क्रममा पनि उहाँले नेकपा फूटको संघारमा पुगेको र नीति तथा सिद्धान्त भन्दा पनि व्यक्तिवादी चिन्तनबाट पार्टीलाई अंगाडी बढाउन खोजिएकाले लोकतान्त्रिक मुल्यमान्यता बोकेको नेपाली काँग्रेसमा प्रवेश गरिएको बताउनु भयो । मल्लले नेपाली काँग्रेसमा प्रवेशसंग आफू सहित पार्टी प्रवेश गर्ने सबैको नामावली समेत प्रदान गर्नुभएको छ । त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति रज्जाकले नेपाली काँग्रेस स्थापना कालदेखिनै लोकतन्त्र, राष्ट्रियता र समाजवादको मुल्य मान्यतामा अडिग रहेको बताउँदै पार्टीको मुल्य मान्यता र सिद्धान्तबाट कतिपनि विचलिन हुन नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुईतिहाई बहुमत हुँदा पनि जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको औंल्याउँदै कम्युनिष्ट पतनको बाटोमा अंगाडी बढेको दावी गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले अहिले कम्युनिष्ट सरकारमा पुगेका व्यक्तिले जनताका काम भन्दा पनि व्यक्तिवादी चिन्तन र कमाउ धन्दामा लागेका कारण कम्युनिष्ट पार्टी प्रति जनताको बिश्वास गुम्दै गएको बताउनु भयो ।
कार्यक्रममा पार्टीका महासमिति सदस्य युवराज गिरी, काजिमान श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, क्षेत्र नं. २ (क) का सभापति माधवलाल देवकोटा, बुटवल नगर सभापति खेलराज पाण्डेले पार्टीमा नवप्रवेशीहरुलाई स्वागत गर्दै पुराना र नवप्रवेशीलाई समान व्यबहार हुने र आफूहरुलाई परेका समस्या खुलेर पार्टीमा राख्न समेत आग्रह गर्नुभयो । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ११ का सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएको कार्यक्रम वडा सचिव दुर्गा बहादुर खत्रीको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

बुटवल कोरोना बिशेष अस्पतालमा भर्ना भएका दुईजनाको मृत्यु

Next Post ≫

बिहिबार रातिदेखि लागु हुनेगरी बुटवलमा लकडाउनको घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क