Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लव अफ मणिग्रामद्वारा कुन्ज पार्कलाई पानी टंकी हस्तान्तरण
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव अफ मणिग्रामद्वारा कुन्ज पार्कलाई पानी टंकी हस्तान्तरण

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७७ · 0
लायन्स क्लव अफ मणिग्रामद्वारा कुन्ज पार्कलाई पानी टंकी हस्तान्तरण
90
SHARES
ShareTweet

बुटवल, २८ साउन । आवश्यक्ताको सिद्धान्तलाई आत्मसाथ गर्दै लायन्स क्लव अफ मणिग्राम रुपन्देहीले आफ्ना सामाजिक गतिविधिलाई अगाडी बढाएको छ । लायन सुरजकुमार लम्सालको नेतृत्वमा रहेको लायन्स क्लव मणिग्रामले छोटा समयमै समाजमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको छ ।
‘जहां आवश्यक्ता, त्यहां लायन्स’ भन्ने स्लोगन नै बनाएर क्लवले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र फरक क्षमता तथा आपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग तथा सेवा गर्दै आएको छ ।
यो क्लवमा रहेका धेरैजसो सदस्यहरु वाल्यकाल देखि नै स्कूल कलेज संगै पढेका मनमिल्ने साथिहरु रहेका र लायन्स क्लवको सिद्धान्त अनुसार सबै साथिमा सेवाको भावना भएकाले क्लवले छोटो समयमै धेरै र रचनात्मक काम गर्न सफल भएको क्लवका सदस्य रोशन कंडेलले वताउनु भयो ।
संस्थागत सहयोग र रचनात्मक कार्यक्रममा अग्रसर लायन्स क्लव अफ मणिग्रामले पछिल्लो पटक तिलोत्तमा नगरपालिका कुन्जलापुरमा रहेको कुन्ज पार्कलाई फूट प्रेस हात धुने पानी टंकी हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दो रहेको र यसको महामारीका कारण विश्व जगतमै तहसनहस भैरहेको अवस्थामा कोरोना भाइरसको संक्रमण रोक्न र सबैमा हात धुने बानीको विकास गर्ने उद्देश्यले धेरै मानिसहरु घुम्न र मनोरन्जनका लागि आउने कुन्ज पार्कलाई हातले नछोइकन खुट्टाको प्रेसरले धार खोली हात धुन मिल्ने पानी टंकी हस्तान्तरण गरिएको क्लवका अध्यक्ष लायन सुरज कुमार लम्सालले बताउनु भयो ।
फूट प्रेस पानी टंकी कुन्ज पार्क व्यवस्थापन समितिका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरिएको क्लवका सदस्य बाबुराम पाठकले जानकारी गराउनु भयो । उक्त टंकी जय सन्तोषी माता ज्वेलर्सका संचालक मनोज सेन्चुरीले आफ्ना स्वर्गीय बाबा श्यामलाल सेन्चुरीको पुण्य तिथिमा क्लवलाई सौजन्य गर्नुभएको हो ।
सो अवसरमा लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ बी २ का गभर्नर एम.जे.एफ. शम्भु नकर्मीले लायन्स क्लवको स्थापना सेवाभावका हिसावले भएको र लायन्स क्लव मणिग्रामले क्लवको मर्म र सिद्धान्त अनुसार सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै क्लवको प्रशंसा गर्नुभयो । उहांले क्लवले कुन्ज पार्कलाई हस्तान्तरण गरेको खुट्टाको प्रयोगबाट हात धुने पानी टंकीले सबैमा हात धुनु पर्छ भन्ने सन्देश प्रवाह हुनुका साथै धेरै हदसम्म कोरोनाको जोखिम न्युनिकरणमा पनि महत्वपुर्ण टेवा पुग्ने विस्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ बी टु का सेकेन्ड भिडिजी एम.जे.एफ. रामप्रसाद भट्ट, एरिया चिफ एम.जे.एफ. सन्दिप कसौधन लगायतले बोल्दै क्लवले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र दुखी गरिवहरुलाई केन्द्रमा राखेर काम गर्दै आएकोमा क्लवलाई धन्यावाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष सुरज कुमार लम्सालले क्लवले आफ्नै हिसावले र कतिपय अवस्थामा विभिन्न संघसंस्थाले सहयोगका लागि आग्रह गरे अनुसार उनीहरुको आवश्यक्ता अनुसार सहयोग गर्दै आएको बताउनु भयो । उहांले यस पटक कोभिड–१९ लाई लक्षित गरेर पार्कलाई टंकी हस्तान्तरण गरिएको र स्वास्थ्य सचेतना लगायतका सामाजिक क्रियाकलापलाई निरन्तरता दिदै जाने बताउनु भयो ।

≪ Previous Post

आज श्रीकृष्ण जन्माष्टमी पर्व, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

Next Post ≫

बुटवल कोरोना बिशेष अस्पतालमा भर्ना भएका दुईजनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क